काठमाडौं- बाढीपहिरो प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले १६ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
दृष्टि आई केयर सिस्टमको संस्थागत योगदान १२ लाख रुपैयाँ र दृष्टि परिवारका कर्मचारी सदस्यहरूको स्वेच्छिक एक दिनको तलबबाट ४ लाख १ हजार रुपैयाँ गरी जम्मा १६ लाख १ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो। उक्त सहयोग रकम बराबरको चेक आज माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
बाढीपहिरोको विपत्तिमा परेका परिवारहरूमा राहत र आशा थप्ने उद्देश्यले सहयोग गरिएको जनाउँदै दृष्टि आई केयरले आफ्नो एक दिनको मेहनत पीडित नागरिकहरूको सहयोगमा समर्पित गर्ने सम्पूर्ण कर्मचारी सदस्यहरूप्रति हार्दिक आभार एवं सम्मान प्रकट गरेको छ।
यसअघि दृष्टि आई केयर सिस्टमले विपत्ति प्रभावित क्षेत्रका नागरिकहरूका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा समेत सञ्चालन गर्दै आएको छ।