काठमाडौं– हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेशनल डेन्टल लिमिटेड परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
नेशनल डेन्टलका चिकित्सक तथा कर्मचारीको एक दिनको तलब, सञ्चालक समितिका सदस्यहरूको बैठक भत्ता, महिला कर्मचारीले स्वेच्छाले उपलब्ध गराएको तीज भत्ता तथा अस्पतालको थप सहयोगबाट उक्त रकम संकलन गरिएको हो।
प्राकृतिक विपत्तिमा परी आफ्ना प्रियजन गुमाएका परिवारप्रति नेशनल डेन्टल लिमिटेड परिवारले दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको छ।
संस्थाले विपद्का बेला प्रभावित नागरिकको सहयोगमा आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।