काठमाडौं- सरकारले नेपाल औषधि लिमिटेडमा अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले लिमिटेडको रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
न्यौपाने दोस्रो पटक अध्यक्षमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ देखि २०८२ सम्मको पूर्ण कार्यकाल अध्यक्ष भएका थिए।
न्यौपाने यसअघि २०६८ साल देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष समेत थिए।