कैलाली- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डा. चिरञ्जीवी पन्तलाई जिम्मेवारी दिइएको छ। इन्टरनल मेडिसिनका प्राध्यापक डा. पन्तलाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो।
गत असार ३१ गते बसेको सिनेट बैठकले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिसँगै शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी रजिस्ट्रार डा. भीम चन्दलाई प्रदान गरेको थियो।