काठमाडौं- नेपाल नर्सिङ परिषद्को रिक्त रहेको सदस्य पदमा चार जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई सदस्यमा नियुक्त गरेको हो।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई शपथ गराएकी हुन्।
नर्सिङ क्षेत्रको नियमन, मर्यादा प्रवर्द्धन तथा गुणस्तरीय सेवा सुनिश्चितताका लागि परिषद्मा नयाँ नेतृत्व र सदस्यहरूको आगमनले थप ऊर्जा थप्ने विश्वास लिइएको छ। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको नर्सिङ तथा मिडवाइफरी क्षेत्रको विकास र सुदृढीकरणका लागि निरन्तर प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।