काठमाडौं- नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
फार्मेसी क्षेत्रको नियमन, सुरक्षित तथा गुणस्तरीय औषधि सेवा सुनिश्चितताका लागि परिषद्मा नयाँ सदस्यहरूको आगमनले थप योगदान पुर्याउने विश्वास लिइएको छ। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको फार्मेसी शिक्षा र सेवाको सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।