काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा खाद्य तथा औषधि प्रशासन (एफडीए) को संस्थागत डिजाइन, आगामी कार्यदिशा तथा मस्यौदाको खाका तयार गर्ने विषयमा छलफल भएको छ।
छलफलमा मन्त्रालयको कानुन शाखा, नीति, योजना तथा अनुगमन महाशाखा तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा एफडीएको संरचना तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कानुनी, नीतिगत र संस्थागत पक्षबारे छलफल गरिएको थियो। एफडीएको प्रभावकारी सञ्चालनका लागि सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको छ।
एफडीएको संस्थागत संरचना, कार्यदिशा तथा आवश्यक कानुनी र नीतिगत व्यवस्थालाई समेटेर मस्यौदाको खाका तयार गर्ने र त्यसलाई सरोकारवालासँगको समन्वयमा अघि बढाउने विषयमा बैठक केन्द्रित रहेको थियो।