काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा चिकित्सक तथा कांग्रेस नेता डा. गरिबदास ठाकुरले मधेशी क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
मधेशी क्लस्टरतर्फ ८ जना केन्द्रीय सदस्य निर्वाचित हुने कोटा छ। सोही कोटामा डा. ठाकुरले प्रतिस्पर्धा गर्न लागेका हुन्।
डा. ठाकुर स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक हुन्। उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख स्वास्थ्य प्रशासकका रूपमा काम गरेका सेवा निवृत्त चिकित्सक हुन्। संक्रामक रोग विशेषज्ञका रूपमा पनि उनले स्वास्थ्य क्षेत्रका योगदान गर्दै आएका छन्।
उनी नेपाली कांग्रेससँग लामो समयदेखि आबद्ध रहँदै आएका नेता हुन्। पछिल्लो समय पनि मधेशका राजनीतिक तथा समसामयिक विषयमा उनले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
डा. ठाकुरको उम्मेदवारीसँगै कांग्रेसको मधेशी क्लस्टरतर्फ चिकित्सक पृष्ठभूमिका नेताको पनि प्रतिस्पर्धा देखिएको छ।