ललितपुर- डर्माटोलोजी तथा कस्मेटिक मेडिसिन १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
विभिन्न अस्पताल र निजी क्लिनिकमा लामो समय सेवा गरेका डा. राजनले आफ्नै क्लिनिक सुरु गरेका हुन् । आधुनिक युरोपियन उपकरणसहित सञ्चालनमा ल्याइएको आकार डर्माटोलोजीले करिब २० प्रकारका कस्मेटिक तथा डर्माटोलोजी सम्बन्धी सेवा दिइरहेको छ ।
क्लिनिकमा छालाका रोग, कपाल झर्ने समस्या, यौन रोग, चाउरीपन, चाया–पोतो, नङसम्बन्धी समस्या लगायतको उपचार हुन्छ । यसैगरी खत तथा दाग हटाउने र शरीरमा अनावश्यक रूपमा रहेका रौं लेजर प्रविधिबाट स्थायी रूपमा हटाउने सेवा उपलब्ध छन् ।
नेपालमा कस्मेटिक उपचार महँगो हुने आम धारणा रहेको भन्दै डा. राजनले आधुनिक प्रविधिको उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले आकार डर्माटोलोजी सञ्चालनमा ल्याएको बताए ।
