काठमाडौं- नेपाल चिकित्सक संघद्वारा आयोजित अन्तर-अस्पताल फुटसल प्रतियोगिता २०८३ को उपाधि काठमाडौं मोडल अस्पतालले जितेको छ।
प्रतियोगिताको फाइनल खेलमा काठमाडौं मोडल अस्पतालले सशस्त्र प्रहरी बल अस्पताललाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। प्रतियोगितामा पहिलो हुने काठमाडौं मोडल अस्पतालले ३० हजार रुपैयाँ र दोस्रो हुने टोलीले २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका १२ वटा टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगितालाई चारवटा समूहमा विभाजन गरिएको फुटसल कार्यक्रमका संयोजक डा. सरोज गोहीवारले जानकारी दिए। उनका अनुसार समूह ‘ए’ मा एभरेस्ट अस्पताल, एड्रेनालिन एफसी र राष्ट्रिय ट्रमा सेन्टर रहेका थिए भने समूह ‘बी’ मा नेपाल अर्थोपेडिक अस्पताल, मिड्याट अस्पताल र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सहभागी थिए। त्यस्तै, समूह ‘सी’ मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, सुमेरु सिटी अस्पताल र काठमाडौं मेडिकल कलेज तथा समूह ‘डी’ मा त्रिवि शिक्षण अस्पताल, काठमाडौं मोडल अस्पताल र बी एन्ड बी अस्पताल रहेका थिए।
फुटसल आयोजक समितिका सचिव डा. संयुक्त आचार्यका अनुसार प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मानित गरिएको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डा. सूर्यकिरण लामा घोषित भए भने सर्वाधिक गोलकर्ता डा. राम भण्डारी बने। त्यसैगरी, उत्कृष्ट गोलरक्षकको उपाधि डा. राजभाइ डंगोलले प्राप्त गरे।
स्वास्थ्यकर्मीहरूबीचको आपसी मित्रता, भाइचारा र खेलकुद भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले फुटसलको आयोजना गरिएको संघका कोषाध्यक्ष समेत रहेका डा आचार्यले जानकारी दिए।
-1793694222.jpg)
-1793694223.jpeg)
-1793694223.jpg)
-1793694223.jpeg)
-1793694222.jpg)