काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीले उठाएका माग सम्बोधनका लागि सरकारसँग आग्रह गरेको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग भेट गरी डा. केसीका मागबारे छलफल गरेका हुन्।
भेटका क्रममा उनीहरूले डा. केसीका मागलाई गम्भीरतापूर्वक लिएर आवश्यक सुनुवाइ गर्न मन्त्री मेहताको ध्यानाकर्षण गराएका थिए। साथै, आज बस्ने मन्त्रिपरिषद् बैठकमा डा. केसीका मागका विषयमा कुरा उठाउन र माग सम्बोधनका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको संघले जनाएको छ।
नेपाल चिकित्सक संघले डा. केसीका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।