काठमाडौं- प्रारम्भिक ५० गणनाबाट प्राप्त मतपरिणामअनुसार नेपाल मेडिकल एसोसिएसन (एनएमए) का पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ शीर्ष ३५ भित्र परेका छन्।
उपलब्ध मत विवरणअनुसार डा. श्रेष्ठले २० मत प्राप्त गरेका छन्। उक्त मतका आधारमा उनी प्रारम्भिक गणनाको शीर्ष ३५ भित्र देखिएका हुन्।
प्रारम्भिक मतपरिणाममा निश्कल राई ४० मतसहित पहिलो स्थानमा छन्। त्यस्तै, ईन्द्रबहादुर बानियाँ र राजिव कोइरालाले ३४–३४ मत प्राप्त गरेका छन्। चिरी बाबु महर्जन र डा. शोभाकर पराजुलीले ३२–३२ मत पाएका छन्।
डा. मुक्तिराम श्रेष्ठ एनएमएका पूर्वअध्यक्ष हुन्। प्रारम्भिक मतगणनामा उनको स्थानले मतपरिणामप्रति चासो बढाएको छ। यद्यपि, यो विवरण प्रारम्भिक गणनामा आधारित भएकाले अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै उनको अन्तिम स्थान स्पष्ट हुनेछ।