काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा उपलब्ध हुने भएका छन्। अस्पतालमा उनले आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बिरामीलाई सेवा दिने बताइएको छ।
डा. मास्के मुटुरोगको उपचार तथा कोरोनरी एन्जियोप्लास्टीमा अनुभवी चिकित्सक हुन्। उनले लामो समयदेखि मुटुरोगको उपचार तथा व्यवस्थापनमा योगदान दिँदै आएका छन्।
उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
डा. मास्के सोसाइटी अफ इन्टरनल मेडिसिन इन नेपाल (सिमोन) का पूर्वअध्यक्षसमेत हुन्।
फ्रन्टलाइन अस्पतालमा उनको उपलब्धताले मुटुरोगसम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।