काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा कोशी प्रदेश युवा महिला खुलातर्फ स्तन क्यान्सर शल्यचिकित्सक डा. यशिका भट्टराईले अग्रता कायम गरेकी छन्।
प्राप्त मतपरिणामअनुसार, डा. भट्टराईले १ हजार २३७ मत प्राप्त गरेकी छन्। उनलाई मिरा कटुवालले ६१५ मतसहित पछ्याइरहेकी छन् भने विराटनगरकी रक्षा यादव ५८७ मतसहित तेस्रो स्थानमा छन्।
डा. भट्टराई स्तन क्यान्सरको शल्यक्रिया, स्तन बचाएर गरिने शल्यक्रिया तथा शल्यक्रियापछि स्तनको पुनर्निर्माणसम्बन्धी उपचारमा विशेषज्ञता हासिल गरेकी चिकित्सक हुन्।
उनी विराटनगरस्थित विराट नर्सिङ होमको जनरल सर्जरी विभागमा आबद्ध छिन्। उनले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा पनि स्तन अंकोप्लास्टिक सर्जनका रूपमा काम गरेकी छन्।