मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार ३०, २०८३
Tue, Jul 14, 2026
मंगलबार, असार ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
चुरोट तनाव घटाउने कि बढाउने?
हामीले आफ्ना सन्तानलाई केवल सम्पत्ति मात्र होइन, आफ्ना बानीहरू पनि विरासतका रूपमा दिइरहेका हुन्छौँ। बालबालिकाले हामीले भनेको भन्दा धेरै हामीले गरेको कुरा सिक्छन्। त्यसैले आजको हाम्रो एउटा बानी भोलिको उनीहरूको जीवनशैली बन्न सक्छ।
१९ घण्टा अगाडि
तपाईंलाई कस्तो छ?
हामी सबैले मनन गर्नुपर्ने कुरा के हो भने मानसिक स्वास्थ्य अब प्राथमिकताको विषय बन्नैपर्छ। यो अत्यन्तै आवश्यक छ। जसरी रक्तदान र अंगदानलाई प्राथमिकता दिइँदै आएको छ, त्यसैगरी ‘तपाईंलाई कस्तो छ?’ भनेर सोधी कसैका लागि आफ्नो समय दान गर्ने व्यक्ति तयार गर्नु, वा हामी आफैं पनि कसैका निम्ति समय दिन सक्ने सामर्थ्य विकास गर्नु उत्तिकै महत्त्वपूर्ण छ।
सोमबार, असार २९, २०८३
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
पहिले मलाई लाग्थ्यो- दुर्गमका मानिसहरू शिक्षा, स्वास्थ्य र अवसरबाट केवल भूगोलका कारण वञ्चित छन्। तर यहाँ आएपछि बुझ्दै गएँ, पीडा त भूगोलभन्दा धेरै गहिरो रहेछ। सामाजिक मान्यता, गरिबी, अन्धविश्वास, अशिक्षा र अवसरको अभाव सबै एकअर्कासँग गाँसिएका रहेछन्।
बुधबार, असार १७, २०८३
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
संसारका प्रत्येक ठूला उपलब्धि कुनै दिन एउटा सानो सपनाकै रूपमा सुरु भएका थिए। मलाई पूर्ण विश्वास छ, यदि हामीले खेलकुदलाई राष्ट्रिय प्राथमिकताको विषय बनाएर अघि बढ्यौँ भने एक दिन नेपाली फुटबलले पनि विश्वकपको ढोका निश्चित रूपमा ढकढक्याउनेछ। त्यो दिन संसारको कुनै एउटा विशाल रंगशालामा हाम्रो चन्द्र-सूर्य अंकित झण्डा फहरिरहेको हुनेछ, र लाखौँ नेपालीका आँखामा गर्वका आँसु टल्किरहेका हुनेछन्।
बुधबार, असार १०, २०८३
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
अपी बेसक्याम्पको लोकप्रियता बढ्नु, नयाँ पदयात्रा मार्गहरू चर्चामा आउनु र हिमाली पर्यटन विस्तार हुनु सकारात्मक कुरा हो। तर पर्यटनको प्रवर्द्धनसँगै सुरक्षित यात्राको सन्देश पनि उत्तिकै बलियो हुनुपर्छ।
बुधबार, असार ३, २०८३
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विवाद चर्किएपछि अवस्था थप जटिल नबनोस् भनेर सरोकारवाला सबै पक्ष सक्रिय भए । स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, सुरक्षा निकाय र अस्पताल प्रशासनबीच निरन्तर संवाद सुरु गरियो । यही संवादको शृङ्खला अन्ततः गत जेठ २० गते कटारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वदलीय बैठकसम्म पुग्यो । त्यो बैठक केवल औपचारिक जमघट थिएन, बरु संकट व्यवस्थापनको एउटा महत्वपूर्ण अभ्यास थियो, जुन सकारात्मक थियो ।
सोमबार, असार १, २०८३
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
'कडा परिश्रमविना फल राम्रो आउँदैन' भन्ने तर्कले रेजिडेन्सी प्रोग्रामको ड्युटी संरचनालाई वैधानिकता दिने गरिन्छ। दुःख गरेर सिकेको कुरा दीर्घकालीन हुन्छ, सुखबोधले ज्ञान आर्जन हुन सक्दैन! यी सबै तर्कहरू पौराणिक कालका तर्क हुन्, अहिले सान्दर्भिक हुँदैनन्। ज्ञान आर्जन गर्ने नियतले गरिने परिश्रमले मात्रै नतिजा ल्याउँछ।
सोमबार, असार १, २०८३
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, सन्तुलन, संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। अपुष्ट, एकपक्षीय वा अतिरञ्जित समाचारले स्वास्थ्यकर्मीको मनोबलमा नकारात्मक असर पार्नुका साथै सार्वजनिक स्वास्थ्य सेवामाथि नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले जिम्मेवार पत्रकारिताको अभ्यास आवश्यक देखिन्छ।
आइतबार, जेठ ३१, २०८३
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
विश्व रक्तदाता दिवस केवल एउटा दिवस होइन, मानवताको उत्सव हो। जीवन बचाउने रक्तदाताहरूको योगदानको सम्मान गर्नु, नयाँ रक्तदातालाई प्रेरित गर्नु तथा नियमित रक्तदाताहरूलाई उचित कदर गर्नु यस दिवसको मुख्य उद्देश्य हुनुपर्छ।
आइतबार, जेठ ३१, २०८३
झुटभन्दा भारी सत्य
तर जवाफ भने आमाले दिन थाल्नुभयो। उहाँले छोराको एक वर्षको उमेरमा जन्डिस भएको, आठ वर्षको हुँदा उपचारका लागि काठमाडौं ल्याएको लगायतका पुराना घटनाहरू सुनाउन थाल्नुभयो। मैले बीचमै रोकेर अहिलेको समस्या के हो भनेर सोधेँ।
बिहीबार, जेठ २८, २०८३
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
नेपाली औषधिको प्रमुख चुनौती भनेको आयातित औषधिलाई प्रतिस्थापन गर्नु हो। आयात घटाउन सकिए मात्र नयाँ औषधि कम्पनीहरूको प्रवेश सम्भव हुन्छ। यसका लागि सरकारले लचिलो नीति ल्याएर नेपाली औषधि कम्पनीलाई प्रोत्साहन गर्न आवश्यक छ।
बिहीबार, जेठ २१, २०८३
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
अन्ततः मेटरनिटी वार्डकी एकजना सिस्टरले राति १२ बजेपछि नयाँ दिन सुरु भएपछि नयाँ दर्ता नम्बर बनाएर स्वास्थ्य बीमामा दर्ता गर्ने आश्वासन दिनुभयो। त्यसपछि सम्पूर्ण प्रक्रिया रोकियो। आवश्यक रक्त परीक्षण, ल्याब जाँच लगायत सबै प्रक्रिया मध्यरातपछि मात्र हुने अवस्था बन्यो। हामी दुवै अत्यन्त तनावपूर्ण अवस्थामा राति १२ बजेसम्म कुर्न बाध्य भयौं। म वार्डबाहिर र मेरी श्रीमती वार्डभित्र मानसिक तनावमा बस्नुपर्यो।
शुक्रबार, जेठ ८, २०८३
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
अन्त्यमा, साइपाल हिमालको सुन्दरताभित्र धेरै मौन पीडाहरू लुकेका छन्। हिमाली समुदायको स्वास्थ्य सुरक्षा केवल स्वास्थ्य क्षेत्रको विषय मात्र होइन; यो एक सामाजिक न्याय, मानव अधिकार र दिगो विकाससँग जोडिएको विषय पनि हो। यदि राज्यले दुर्गम हिमाली नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकेन भने “स्वास्थ्य सबैको अधिकार” भन्ने व्यवस्था व्यवहारमा पूर्ण रूपमा स्थापित हुन सक्दैन।
मंगलबार, वैशाख २९, २०८३
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
हो, म एक स्कुल हेल्थ नर्स हुँ । मलाई नेपाली बृहत् शब्दकोशमा “सेवाकी प्रतिमूर्ति” भनेर चिनिन्छ । तर यथार्थको कठोर धरातलमा, करारको क्षणिक छायाँमा विस्तारै आफ्नै अस्तित्व विलाइरहेको भान हुन्छ । हरेक दिन मेरो काम औषधि दिनु, तापक्रम मापन गर्नु, चोटपटकमा पट्टी बाँध्नु मात्र पक्कै पनि होइन– “म त हजारौँ निर्दोष र थाकेका बालमनहरूको मौनताभित्र लुकेको मौन चित्कार पनि सुन्छु ।”
सोमबार, वैशाख २८, २०८३
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
धौलागिरी अस्पतालमा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ। जुनसुकै बेला स्वास्थ्यकर्मीमाथि आक्रमण हुन सक्ने डर रहिरहन्छ। बिरामीका आफन्तहरू उपचार प्रक्रियाभन्दा बढी दबाब र हल्ला गर्नतर्फ केन्द्रित हुने अवस्था छ। यसअघि पनि धेरै स्वास्थ्यकर्मीले यस्ता अभद्र व्यवहार भोगेका छन्, तर ती घटनाहरू बाहिर आउन सकेका छैनन्।
आइतबार, वैशाख २७, २०८३
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
हाल देशभर स्वास्थ्य संस्थाहरूमा आधुनिक परीक्षण सेवा, डिजिटल स्वास्थ्य प्रणाली तथा विशिष्टीकृत प्रयोगशाला सेवाहरू विस्तार भइरहेका छन्। तर विडम्बना, सोहीअनुसार दक्ष प्रयोगशाला जनशक्तिको स्थायी दरबन्दी विस्तार तथा व्यवस्थापन हुन सकेको छैन।
आइतबार, वैशाख २७, २०८३
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
अन्ततः जहाँ १–२ महिनाको अनुमान गरिएको थियो, उहाँले करिब २ वर्षसम्म अपेक्षाकृत सहज जीवन बिताउनुभयो। त्यो अवधिले हामीलाई एउटा कुरा स्पष्ट रूपमा सिकायो, अन्तिम चरणको क्यान्सरमा चिकित्सा केवल रोग नियन्त्रणको विषय होइन; यो पीडा व्यवस्थापन, मानसिक अवस्था, पारिवारिक सहयोग र समन्वित उपचार पद्धतिको संयुक्त परिणाम पनि हो।
आइतबार, वैशाख २७, २०८३
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाउनु र टिचिङ अस्पताल जस्तो केन्द्रीय अस्पतालमा बिरामीहरूलाई "तिमीहरू जो कोही जहाँबाट आए पनि ट्रलीमा नअट्ने हुनाले उपचार गर्न सकिन्न" भन्नु एउटै हो। यहाँ घर आदिमा मात्रै डोजर नचलेको हो, तर पद्धति, सोचाइ र काम गराइ एउटै हो। मानवीय मूल्य–मान्यतामा डोजर चलेको हो। गौतम बुद्धको देशमा के यो सुहाउँदो कुरा हो ? बेड नपाए अन्त गएर उपचार किन गर्दैनन् त भनेर सोच्नु भनेको एक छाक खान संघर्ष गर्नुपर्ने जनताले पिज्जा किन खाँदैनन् त भनेर प्रश्न गरेजस्तै हो।
बुधबार, वैशाख २३, २०८३
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्य सेवा कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। र अधिकार कहिल्यै “पछि” राखिने विषय हुँदैन। बाजुराको त्यो बसाइँले मलाई एउटा कुरा सिकायो, समस्या देख्नु सजिलो छ, महसुस गर्नु गाह्रो। तर जब महसुस हुन्छ, तब चुप लाग्न सकिँदैन। अब प्रश्न तपाईं, हामी र सबैसँग छ- हामी अझै संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
सोमबार, वैशाख ७, २०८३
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
करिब १० महिनाको एउटा सानो बच्चालाई एकजना बुढी हजुरआमाले बोकेर उपचारका लागि ओपिडीमा ल्याउनुभएको थियो। त्यो घटना विक्रम सम्वत २०७९ साल श्रावणतिरको हो। पुरानो र पातलो कम्मलले बेरिएको त्यो बच्चा पहिलो नजरमै असाध्यै कमजोर देखिन्थ्यो, सानो शरीर, न्यास्रो अनुहार र सुकेको हातखुट्टा, मानौँ जीवनसँग संघर्ष गरिरहेको एउटा नाजुक अस्तित्व। पुर्जामा हेर्दा ठेगाना, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १, करेलिकाडा।
आइतबार, वैशाख ६, २०८३
भोक र कर्तव्यबीचको संघर्ष
त्यसैले, हामीलाई प्रोग्राम सेट होइन, सम्मान चाहिन्छ; हामीलाई कमान्ड होइन, थोरै मात्र भए पनि समझदारी चाहिन्छ।
आइतबार, चैत २९, २०८२
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
अनि त्यसमाथि तपाईंहरुले ल्याउनुभयो ९ देखि ५ वाला नियम अनि त्यसमाथि आइतबार पनि सट्टा मिलाएर सेवा दिने। आफ्नो विशेषज्ञताको कोशी प्रदेशका सरकारी अस्पतालहरु मध्येमै म मात्र हुँदा मैले कोसँग सट्टा लिने? अतः आर्थिक प्रोत्साहन ठप्प पारेर, विशेषज्ञताको प्रयोगमा रोक लगाएर, मेरो प्राज्ञिक विकास रोकेर मलाई शोषण गर्ने क्रम भंग गर्नुहोस्। तपाईँहरुमाथि मेरो ठुलो आशा छ, कृपया मेरो अनिवार्य करारसेवा निःसर्त खारेज गरिदिनुहोस्।
आइतबार, चैत २९, २०८२
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
यस कार्यमा सहयोग गर्नुहुने जिप चालक, सहचालक, शिक्षिका र मदनपोखरा स्वास्थ्य चौकीकी रिता थापालाई धन्यवाद दिन चाहन्छु। पाल्पा जिल्लालाई आ.व. २०८२/२०८३ सम्म पूर्ण संस्थागत प्रसुती युक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ। स्थानीय तहहरूले गर्भवतीलाई पोषण र यातायात खर्च जस्ता कार्यक्रम ल्याएर मातृ मृत्युदर कम गर्न भूमिका खेलिरहेका छन्।
सोमबार, चैत २३, २०८२
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सबै निजी, सामुदायिक तथा सरकारी संस्थामा कार्यरत करार तथा अस्थायी स्वास्थ्यकर्मीहरूको तलब सरकारी स्केलसरह बनाउने निर्णय तत्काल कार्यान्वयन गरी यसको कडा अनुगमन गरियोस्। साथै, कुनै पनि संस्थाले तोकिएको तलब स्केल तथा अन्य सुविधा नदिएमा कडा कारबाहीको व्यवस्था गरियोस्।
सोमबार, चैत २३, २०८२
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
मसँगै बा-आमा पनि हुनुहुन्छ। उहाँहरूलाई उमेरले बिस्तारै वृद्धावस्थाको अझ गहिराइतिर गाँजेर लैजाँदैछ। हरेक महिना, दिनमा केही न केही अस्वस्थता उहाँहरूको जीवन-तालिकाजस्तै बनेको छ। मेरो आश्रयमा रहेका ज्यान जति सबैका बेग्लाबेग्लै विशिष्ट किसिमका आवश्यकता छन्। सक्रिय र दिगो रूपमा कमाउने भरपर्दो म नै हुँ मेरो घरमा।
आइतबार, चैत २२, २०८२
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
गाउँघरका स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार गरिएमा दुर्गम क्षेत्रका बिरामीहरूले समयमै परीक्षण सेवा पाउन सक्छन्। हाल देशभर करिब ३७७८ स्वास्थ्य चौकी रहेका छन्। यदि लोकसेवामार्फत स्थायी दरबन्दी सिर्जना गरिएमा ३–४ हजार जनशक्तिले रोजगारी पाउने सम्भावना रहन्छ।
शनिबार, चैत २१, २०८२
स्वास्थ्य मन्त्रीलाई पत्र: स्वास्थ्य बीमा बोर्डमा बीमितको प्रतिनिधित्व सुनिश्चित गरियोस्
स्वास्थ्य बीमा जस्तो जनजीवनसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा जनविश्वास कायम राख्न यस प्रकारको सुधार अत्यन्त आवश्यक रहेकोले, यस विषयमा यथाशीघ्र आवश्यक कदम चालिने अपेक्षा गर्दछौँ।
आइतबार, चैत ८, २०८२
भक्तपुरको स्वास्थ्य कथा : अस्पताल खोलियो, उपचार रिफर भयो
भक्तपुरबाट निर्वाचित सांसदहरूले अब “नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताल सुधार्ने” एजेन्डा लिनु आवश्यक छ। गुणस्तर मापनका मापदण्ड अनिवार्य लागू गराउने, एकीकृत स्वास्थ्यसम्बन्धी कानुन निर्माणमा पहल गर्ने, र बजेटको प्रभावकारी परिचालनमार्फत सेवा सुधारमा ध्यान दिनुपर्छ। तीनै तहका सरकारबीच समन्वय गरी दोहोरो लगानी रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।
शनिबार, चैत ७, २०८२
मेदान्त छाडेर देश फर्किने निर्णय: आरामदायी मार्ग छोडेर 'सही बाटो'को यात्रा
तर यो तस्वीर बदल्न सकिन्छ। र त्यसको सुरुवात हामी आफैंबाट हुनुपर्छ। महोत्तरी जिल्लाबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुगेको छ। रोबोटिक हिस्टेरेक्टोमी गर्ने पहिलो नेपाली स्त्री रोग विशेषज्ञ तथा स्त्रीरोग क्यान्सर सर्जन बन्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। तर त्यो उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब यसको लाभ आफ्नै देशका सेवाग्राहीहरूले पाउँछन्।
बुधबार, चैत ४, २०८२
कर्णालीमा क्रिटिकल केयर सुदृढ गर्ने आवश्यकता: मेरो अनुभव
कर्णालीजस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गर्नु चुनौतीपूर्ण अवश्य छ, तर उचित पूर्वाधार, उपकरण र दक्ष जनशक्ति विकास गर्न सकियो भने धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। साथै गरिब परिवारलाई अनावश्यक आर्थिक बोझबाट पनि जोगाउन सकिनेछ।
मंगलबार, चैत ३, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
बिहीबार, असार २५, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
आइतबार, असार २८, २०८३
दही वा महीमध्ये कुन स्वास्थ्यका लागि बढी लाभदायक?
मंगलबार, असार २३, २०८३
दीपाश्रीको शल्यक्रियापछि दीपकराज गिरीले भने- आईसीयूबाट जनरल वार्डमा सारियो
आइतबार, असार २८, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. खत्री
मंगलबार, असार २३, २०८३
टीकापुर अस्पतालका ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट पक्राउ, के थियो घटना?
बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य विज्ञान शिक्षामा जियोस्पेशियल टेक्नोलोजीको अपरिहार्यता
३ सेकेन्ड अगाडि
बर्डफ्लु : किसानको आर्थिक संकट, जनस्वास्थ्यको जोखिम र नीतिगत पहलको खाँचो
२२ घण्टा अगाडि
सुलभ फार्मेसी: नाम परिवर्तन कि नीतिगत रूपान्तरण?
सोमबार, असार २९, २०८३
मानसिक समस्याको न्यूनीकरण: व्यक्तिलाई दोष होइन, सुरुवाती समस्या बुझौँ
आइतबार, असार २८, २०८३
अस्पताल फार्मेसीमा सुशासनको परीक्षा : औषधि हिनामिना रोक्न प्रणाली बलियो बनाउनैपर्छ
आइतबार, असार २८, २०८३
स्वास्थ्य क्षेत्रको कार्यसम्पादन: परम्परागत शैली हैन, स्वचालित र बैज्ञानिक मूल्याङ्कन
आइतबार, असार २८, २०८३
स्वास्थ्य मन्त्रीलाई फर्मासिस्टको खुला पत्र: नारामा सुलभ, व्यवहारमा कहिले?
शुक्रबार, असार २६, २०८३
स्वास्थ्य क्षेत्रमा 'फिफा' र 'रेफ्री' को मोडल: उपचारमा हुने गल्तीमा कहिलेसम्म मौन बस्ने?
बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search