हिजो साँझ म लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा एकजना बिरामी हेर्दै थिए। सरकारी अस्पताल सधैंको भिडभाड, दुईजना मेडिकल अफिसर डाक्टरहरू एकदम व्यस्त हुनुहुन्थ्यो। त्यस्तो भिडभाडमा पनि उहाँ हरू शान्त, छरितो र कुशल उपचार शैली असाध्यै प्रशंसनीय थियो।
त्यति नै बेला एकजना व्यक्ति आफ्नोबच्चालाई लिएर इमर्जेन्सी छिर्नुभयो।
'मेरो बच्चालाई सर्पले टोकेको शंका छ,यहाँ हेर्दिनु डाक्टरसाब' भन्दै अलिक ठूलो स्वरले बच्चाको बुवा बोल्नुभयो।
मेडिकल अफीसर अलिक व्यस्त हुनुहुन्थ्यो, अर्को बिरामी हेर्दै गर्नुभएको थियो तरपनि प्राथमिकता बच्चालाई दिनुभयो र सर्सरती बच्चालाई हेर्नुभयो । दुईजना मध्ये एकजना बच्चाको आमालाई बच्चासँगै बस्न र बच्चाको बुवालाई टिकट ल्याउन भन्नुभयो।
त्यसपछि त्यो बच्चाको बुवा पूरै जङ्गिएर भन्न थाल्नुभयो- 'इमर्जेन्सी आएपछि खुरूक्क उपचार शुरू गर्ने हो नि, टिकट तपाईं आफै ल्याइदिनुस्।'
बच्चाको आमा चाहिँ पनि जङ्गिन थाल्नुभयो, 'हामी यहाँ आएर त तपाईं हरूले रोजगारी पाएको छ, यो कस्तो अस्पताल हो ?'
त्यसपछि होहल्ला गर्नुभयो।
त्यो परिस्थितिमा म पनि छेउको बिरामी हेर्न छोडेर त्यो बच्चालाई सर्सरती जाँच गरेर बच्चाको अभिभावकलाई सम्झाउन खोजें।
बच्चाको बुवाको मुखबाट ह्वास्स रक्सीको गन्ध आइराखेको थियो। बच्चाको आँखा लोलिएको, श्वासप्रश्वासमा कुनै समस्या नभएको, बच्चाले आफ्नो टाउको आफैं अडाउन सकेको, पेट दुख्ने जस्ता कुनै इमर्जेन्सी लक्षण नदिखेएकोले बच्चालाई भर्ना गरेर २४ घन्टा राखेर हामीले मनिटरिङ गर्नपर्ने मात्र के भनेको थिएँ, बच्चाको बुवा त पुरै आवेगमा आए। उनी भन्न थाले, 'सरकारी अस्पतालको के हो यो पारा, लापरबाही के-के फलाक्दै इमर्जेन्सीमै होहल्ला गर्न लाग्नुभयो। मैले सुरक्षागार्डलाई इशारा गरेर त्यो बिरामी पक्षको व्यक्तिलाई सम्हाल्न निर्देशन दिएँ।'
आज बिहानै गम खाँदैछु- त्यो इमर्जेन्सीमा शालिन र लगनशिल भइ खटिएका डाक्टरसावहरूले यस्तो दुर्व्यवहार कति सहँदै काम गर्नुपर्छ होला?
डाक्टर र स्वास्थ्यकर्मीप्रति किन आम मानिस अस्पताल छिर्दा नै शत्रुवत व्यवहार देखाउँछन् होला ! (यहाँ सवैलाई इङ्गित गरेको होइन)
जस्को सेवा र ज्ञानको साहाराले नै उपचार पाउने हो, उस्लाई नै थर्काउँदै 'उपचार शुरू गर्, यसो गर् उसो गर्' भनेर सेवाग्राहीले भन्दा सेवा प्रवाहमा पर्ने असरबारे किन आम सेवाग्राहीले नबुझेको?
अनि आमचिकित्सक पनि एकजना मान्छे नै हो, मानविय संवेग त उसमा पनि हुन्छ, ऊ पनि सेवाग्राहीले त्यसरी अपशब्द प्रयोग गर्दा चिकित्सकले पनि सोही प्रकृतिको रिस प्रर्दशन गर्यो भने ? को सही, को गलत त नि? आखिर दुवैजना सामान्य मान्छे न हुन्, रिस त जसलाई पनि त उठ्न सक्छ।
अन्त्यमा त्यो इमर्जेन्सी विभागमा दुनियाँको रिस र फ्रस्टेसनलाइ सम्हाल्दै आफ्नो कामलाई शान्त,संयमित र शलिन भएर खटिनुभएका सबै स्वास्थ्यकर्मी हरूलाई नमन। तपाईं हरू महान हुनुहुन्छ।
कृपया तपाईं धनीमानी,पावरफुल, अथवा एक सामान्य नागरिक,सरकारी अस्पतालको इमर्जेन्सी जस्तो कक्षमा आएर तमासा नगरिदिनुस्!
अस्पतालको नितीनियम र उपचार प्रोटोकल त सबैले मान्नुपर्छ। चित्त नबुझे प्रशासनमा उजुरी गर्ने विकल्प छँदैछ।
(यो सामाग्री डा भण्डारीको फेसबुकबाट लिइएको हो। )