‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’(एडीएचडी) अर्थात् कुनै कुरामा एकाग्र हुन नसक्ने। यो समस्या विशेष गरी बच्चामा धेरै देखिन्छ । साधारण किसिमको छ भने स्कुल जाने भएपछि कम हुदै जान सक्छ । तर, जटिल भयो भने पछिसम्म रहिरहने हुन सक्छ।
बच्चा एक ठाउँमा बस्न सक्दैन । कुनैपनि कुरामा एकाग्र हुन सक्दैन । सोच्नु भन्दा अगाडि व्यवहारमा देखाइहाल्छ । नसोचेरै काम गर्न थाल्छ । बढी छुकछुक गर्ने प्रवृत्तिको छन् भने यो समस्या हुन सक्छ । यो समस्या पत्ता लगाउन सहज छैन । यसैपनि बच्चाहरु चकचके हुन्छन् । एचडीटी भएका बच्चाहरु अझ बढी चकचके हुन्छन्। एचडीटी भएका बच्चा अरुभन्दा फरक किसिमका चकचके हुन्छन्। अरु बच्चाहरु कुनै नयाँ ठाउँमा लगेर गएपछि हतपत त छुकछुक गर्दैनन्। ज्ञानी भएर बस्छन् तर एचडीटी भएका बच्चा नयाँ त्यहाँ पनि चकचक गर्ने, यता उता जाने, एक मिनट पनि ज्ञानी भएर बस्न नसक्ने हुन्छन् । उनीहरुमा धैर्य गर्न सक्ने क्षमता पनि कम हुन्छ।
यस्ता बच्चाहरुलाई एकठाउँमा राख्नको लागि उनीहरुलाई मनपर्ने चिज गर्न लगाउने, चित्र बनाउन लगाउने, अरु बच्चासँग घुलमिल बनाएर खेल्न लगाउने, उनीहरुलाई मनपर्ने कार्टुन लागाई दिएर हामीले यस्ता बच्चाहरुलाई नियन्त्रण गर्न सक्छौं। बच्चाहरुलाई एकतर्फी खेलबाट टाढै राख्नुपर्छ । सकेसम्म उनीहरुलाई आफ्नै उमेरका साथीबीच खेल खेलाउने र घुलमिल गराउने गर्नुपर्छ । साथीहरुमा खेल्दा खेल्दै उनीहरुले धेरै कुरा सिक्छन् । खेल्दा हारजित हुँदो रहेछ। खानेकुरा बाँडेर खानुपर्छ भन्ने सिक्न पाउँछन् । त्यसो गर्दा सामाजिक सीप बढ्छ।
यस्ता बच्चाहरु हुनुको कारण यही हो भनेर यकिन गर्न गाह्रो छ । तर, पेटमा बच्चा भएका बेला आमाले खाएको खानाले पनि प्रवाभ पार्छ । पेटमा भएको बेला आमाले विभिन्न कलर मिसिएको खाना खाने हुँदा पनि त्यस्तो कलरको असर बच्चामा पर्न सक्छ । बच्चालाई गर्ने व्यवहारले पनि बच्चा कुनै कुरामा ध्यान नदिने हुन सक्छन्। आजभोलि बच्चाहरु सानै उमेर देखिनै टेलिभिजन मोबाइलमा धेरै समय बिताउने भएकाले मन परेन भने अर्को लगाउँछु भन्ने हुन्छ । यसो गर्दा पनि ध्यान एउटै कुरामा टिकीराख्न गाह्रो हुन्छ । त्यसैले यो समस्या दिन बढिरहेको छ।
हाम्रो समाजमा यस्तो चलन छ । ठूला मानिसहरु सँगै बसेर सानो बच्चालाई जिताउने चलन छ। त्यो एकदम गलत प्रवृत्ति हो । उसलाई हार पनि हुन सक्छ भनेर सिकाउनु पर्छ र पछि खेल्दा त्यसमा ध्यान जान्छ । खानपिनले गर्दा, घरमा बसीबसी खेल खेल्दा बच्चाहरुमा कुनै पनि कुरामा ध्यान जान सक्छ।
आजभोलि ब्यस्त 18ले गर्दा बच्चालाई खेलाउन दिने त्यसमा बिभिन्न कलर र रसायन हुन सक्छ।
रोकथाम गर्न आमा बुवा सजग हुन जरुरी छ । बच्चाले एक ठाउँमा बस्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । ठूलो मान्छेको सानो सानो कुराहरु बच्चाले सिक्ने भएकाले सानो बच्चाको अगाडी त्यस्तो काम गर्नु हुँदैन। जसले बच्चा अस्थिर होस् । ठूलो मान्छेले ध्यान दिएर काम ग¥यो भने सानो मान्छेले पनि त्यस्तै सिक्छ ।
सबै छुकछुक गर्ने बच्चा एडीएचडी होइनन् त्यसैले यसको गम्भीरता हेरेर मात्रै उपचार गराउनुपर्छ ।अर्को गलत बुझाइभनेको एचडी केटालाई मात्र हुन्छ भन्ने छ । यो दुईटैलाइए हुन सक्छ । केटीहरु शान्त स्वभावका हुने भएकाले पनि त्यति थाहा हुँदैन । स्कुलको तथ्याङ्कमा हेर्ने हो भने दुईटैलाई भएको भेटिन्छ।
बच्चाहरुलाई हुर्काउने वातवरणले पनि प्रवाभ पार्छ। एडीएचडी हुनुमा बच्चाहरुलाई खेल्न नदिने घरभित्रै राख्ने टिभि मोबाइल दिने साथीहरुसँग खेल्न छुट नदिने यो नगर यहाँ बस भन्ने गर्दापनि उसको ध्यान दिँदैनन् । केही कुरामा जति कन्ट्रोल गर्यो त्यति नै समस्या देखिन सक्छ ।
कति बच्चाहरु ठाउँ सारेपछि वा खुल्ला वातवरणमा राख्यो भने पनि सामान्य अवस्थामा फर्कन सक्छन । कति स्कुल गएपछि ठिक हुन्छन्। कुनै निको हुँदैन। उनीहरुको उपचार जरुरी हुन्छ ।
एडीएचडी उपचारभन्दा पनि वातवरण सहज बनाइदियो भने निका हुन सक्छ । यदि यो सबै गर्दा पनि निको भएन भने उपचार गर्न अस्पताल लैजानुपर्छ।
एडीएचडीको भएको बच्चाहरुको समयमै उपचार भएन भने पछि गएर निर्णय लिने कुरामा समस्या आउन सक्छ । बच्चाहरु लागुऔषधमा फस्ने, अपराधिक क्रियाकलापमा संलग्न हुने, गलत बाटो रोज्ने जस्ता कुरामा लाग्नसक्छन् ।
शर्मा त्रिभुवन विश्वविद्यालयकाे मनाेविज्ञान केन्द्रीय विभागकी सहप्राध्यापक हुन् ।
प्रस्तुति: सिर्जना खत्री