काठमाडौं - विश्व स्वास्थ्य संगठनले नेपाललाई पोलियोमुक्त राष्ट्रको प्रमाणपत्र दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले आज विज्ञप्ती जारी गर्दै चैत्र १३ गते प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ।
नेपालमा ३ वर्ष यता पोलियो रोग पुष्टि नभएको भन्दै प्रमाणपत्र दिन लागेको हो। तर विभिन्न संघसंस्थाको रिपोर्टले नेपालमा अझै १३ प्रतिशत भन्दा बढि मानिसमा पोलियो रोगको संक्रमण रहेको देखाएको छ।
संगठनले पोलियो मुक्तराष्ट्रको प्रमाणपत्र नेपालसहित दक्षिण पूर्वि एशियाका भारत, भुटान, बंगलादेश, इन्डोनेशिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, उत्तरकोरिया, इष्टटिमोर र थाईल्याण्ड गरी ११ मुलुकलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।