चितवन - बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा बनाइएको बिरामी कुरुवा घरले अस्पतालमा आउने बिरामीका आफन्तलाई राहत मिलेको छ। क्यान्सर अस्पतालले बिरामी कुरुवालाई सस्तोमा बस्नका लागि कुरुवा घर निर्माण गरेको हो।
कुरुवा घरमा दैनिक ५४ जनासम्म बस्न सक्ने क्षमता छ।
यसअघि बिरामी कुरुवालाई होटलमा बस्नुपर्ने बाध्यता थियो। अस्पतालले क्षमताअनुसार बिभिन्न मुल्यमा घर भाडामा दिँदै आएको छ। कुरुवा घर ५४ जना बस्नसक्ने क्षमताको रहेको छ। उक्त कुरुवा घरमा दैनिक ३०० पर्ने १८ वटा कोठा रहेका छन्।
यसबाहेक आर्थिक अवस्था राम्रो भएकालाई दैनिक एक हजार पर्ने छवटा फल्यााट नै अस्पतालले उपलब्ध गराएको छ। यस्तै अस्पतालमा गरीबहरुका लागि दैनिक २० रुपिया पर्ने सामूहिक कुरुवा घरसमेत रहेको छ।