स्पर्श लेन्स प्रयोगकर्ताको महत्वपूर्ण जिम्मेवारी भनेको लेन्सको हिफाजत गर्नु हो । सयौँ स्पर्श लेन्स प्रयोगकर्ताहरु विभिन्न उद्देश्यका साथ लेन्स प्रयोग गर्छन् । कोही व्यक्तिहरु दृष्टि सुधारका लागि स्पर्श लेन्सलाई सुविधाका रुपमा प्रयोग गर्छन् भने कोही मानिसहरु सौन्दर्य प्रसाधनको सामाग्रीका रुपमा प्रयोग गर्छन् साथै कोही मानिसहरु चिकित्सा विज्ञान सम्बन्धी उद्देश्य लिएर प्रयोग गर्छन् तर स्पर्श लेन्सको प्रयोग जुनसुकै उद्देश्यका साथ गरिएको भएतापनि यसको सुरक्षामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ।
स्पर्श लेन्स प्रयोगकर्ताले यसको प्रयोग गर्नु अगाडी दृष्टि विशेषज्ञद्घारा आफ्नो आँखा राम्रोसँग जाँच गराउनु जरुरी हुन्छ । दृष्टि विशेषज्ञहरुले स्पर्श लेन्स प्रयोगकर्ताहरुको आँखा राम्रोसँग जाँच गरी र 18 अनुसार कुन स्पर्श लेन्स प्रयोग गर्दा उपर्युक्त हुन्छ भनेर निर्णय लिन्छन् । स्पर्श लेन्सको छनौट विभिन्न परिणाममा भरपर्छ जस्तैः लेन्सको प्रकार, लेन्सको पदार्थ, 18 अनि विशेष गरेर मानिसको चाहना अनुसार । स्पर्श लेन्सको नजिक सम्बन्ध आँखासँग हुने र स्पर्श लेन्स आँखाको आँसुमा डुबेर बसेका कारणले गर्दा यसको हेरचाहमा विशेष ध्यान पु¥याउनु पर्छ।
आँखामा विभिन्न जटिलताहरु आउन नदिनको लागि ध्यानपूर्वक लेन्स सफा गर्ने र दिएको निर्देशन पूर्ण रुपले पालन गर्नुपर्छ । हात जतिसुकै सफा देखिएता पनि हाम्रो हातमा नाङ्गो आँखाले देख्न नसकिने स–साना किटाणु भई रहेका हुन्छ त्यसकारणले हातलाई साबुन र स्वच्छ पानीले धोई सफा रुमालले पुस्नु आवश्यक छ । राम्रोसँग हात नधोएमा साबुनका स–साना कणहरु स्पर्श लेन्समा टाँसिन्छ र त्यही लेन्स आँखामा प्रयोग गर्दा विभिन्न समस्याहरु आउन सक्छ जस्तैः बिजाउने, दुख्ने, धमिलो देख्ने । व्याक्टेरिया र फन्गस जस्ता नदेखिने जीवाणुहरु स्पर्श लेन्समा भए तिनीहरुले आँखालाई हानी पु¥याउँछ र आँखालाई विभिन्न रोगका सिकार बनाउँछन् । यिनै समस्याहरुबाट बच्नका लागि हामीले विशेष गरेर सर–सफाइमा ध्यान पुर्याउनु पर्छ ।
आँखामा लेन्स राख्नु अगाडी राम्रोसँग लेन्सलाई पहिले प्रयोग नगरेका लेन्स सफा गर्ने घोलले सफा गर्न जरुरी हुन्छ । आँखाबाट लेन्स निकालेपछि लेन्सलाई सलुसनमा राखी केस कसेर बन्द गरी निर्जीवीकरण को लागि छोडीदिनु पर्छ । अर्को चोटी लेन्स आँखामा प्रयोग गर्दा पुरानो सलुसन लाई फाली लेन्स केसलाई एकचोटी सलुसनले सफा गरेर सुख्खा छोडी दिनुपर्छ । लेन्स सफा गर्ने क्रममा पानीको प्रयोग गर्नुहुदैँन । लेन्सबाट हुने असुविस्ता, धमिलोपनर संक्रमणबाट बच्नको लागि राम्रोसँग लेन्स सरसफाई गर्ने बानी बसाल्नु अत्यावश्यक छ।
स्पर्श लेन्स प्रयोगकर्ताले ध्यान पुर्याउनु पर्ने महत्वपूर्ण कुराहरु
- स्पर्श लेन्स लगाएर सुत्नु हुदैँन । निदाएको समयमा आँखा बन्द हुन्छ र आँखालाई चाहिने अक्सिजन पुग्दैन र विभिन्न समस्याहरु उत्पन्न हुन्छ।
- लेन्स लगाएर नुहाउनु वा साबुनले मुख धुनु हुदैँन यसो गरेमा आँखामा साबुनका कणहरु परेर बिजाउन सक्छ।
- लेन्स लगाएर पौडी खेल्न हुदैँन । पौउडी खेल्ने स्थानहरुको पानी दुषित हुन्छ र त्यसमा किटाणुहरुले छिटै असर गर्छ।
- सलुसन पुनः प्रयोग गर्नुहुदैँन । स्लाइन सलुसनले राम्रोसँग किटाणु नमार्ने हुनाले स्पर्श लेन्स सफा वा निर्जीविकरण गर्न विशेष खालको स्पर्श लेन्ससलुसनकै प्रयोग गर्नुपर्छ।
लेन्स पुरानो वा त्यसको म्याद सकेपछि लेन्समा लिपिड र प्रोटिन जस्ता रसायनिक तत्व जम्मा हुन्छन् र आनन्ददायक दृष्टि दिदैँन । लामो समयसम्म प्रोटिन जस्ता तत्व जम्मा भए भने आँखाको विविध रोग निम्त्याउँछ त्यसैकारण दृष्टि विशेषज्ञद्धारा तोकिएको समयमा लेन्सलाई फेर्नुपर्छ । आँखा रातो भए वा बिजाएमा लेन्सको प्रयोग गर्नु हुदैँन । लेन्सको प्रयोग गर्नु भनेको आफुले लगाएको लुगा सफा राख्नु जस्तै हो । जसरी हामीले आफ्नो कपडालाई सफा राखी राति सुत्ने बेलामा फेरेर सुत्छौँ त्यसैगरी लेन्सलाई पनि राति सुत्ने बेलामा खोलेर सफा गरेर राख्नु पर्छ।
- लेखिका हाल रेयुकाई आखाँ अस्पताल, बनेपामा कार्यरत छिन् ।