मिर्गौलाको पत्थरी के हो ?
मिर्गौलाको पत्थरी भनेको मिर्गौलाभित्र क्याल्सियम, युरिक एसिड, फस्फेट वा अन्य खनिज पदार्थहरू जम्मा भएर बन्ने कडा दाना वा ढुंगाजस्तो संरचना हो । यी पत्थरीहरू साना दानादेखि ठूला आकारसम्म हुन सक्छन् र कहिलेकाहीँ मूत्र नलीमार्फत बाहिर निस्कन नसक्दा तीव्र दुखाई र अन्य समस्या उत्पन्न गर्छन् ।
मिर्गौलामा पत्थरी कसरी हुन्छ ?
शरीरमा पानीको कमी, अत्यधिक नुन वा प्रोटिनयुक्त खाना, वंशाणुगत कारण, मिर्गौलाको रोग वा युरिनमा रासायनिक असन्तुलन हुँदा पत्थरी बन्न सक्छ । पर्याप्त मात्रामा पानी नपिउँदा युरिन गाढा हुन्छ र खनिज पदार्थहरू क्रिस्टल भएर जम्न थाल्छन्, जसले पत्थरीको रूप लिन्छ ।
कस्ता कस्ता लक्षण देखा पर्छन् ?
सामान्यतया ढाड, कम्मर वा पेटको दायाँ–बायाँ भागमा तीव्र दुखाई हुन्छ । पिसाब गर्दा पोल्ने वा रक्तमिश्रित पिसाब निस्कन्छ । यदी पत्थरी पिसाब नलीमा छ भने पिसाब गर्न समस्या हुने पनि हुन्छ । यसैगरी, पटकपटक बान्ता हुने, बारम्बार पिसाब लाग्ने, शरीरमा ज्वरो वा कमजोरी महसुस हुनु मिर्गौलाको पत्थरीको संकेत हुन् ।
मिर्गौलाको पत्थरीको उपचार विधि
मिर्गौलामा बन्ने पत्थरीको उपचार पत्थरीको आकार, स्थान, प्रकार र लक्षणको गम्भीरता अनुसार फरक–फरक हुन्छ । साना पत्थरीहरू कहिलेकाहीँ स्वाभाविक रूपमा पिसाबसँगै निस्कन सक्छन् भने ठूला पत्थरीका लागि चिकित्सकीय उपचार आवश्यक पर्छ ।
यदि पत्थरीको आकार ५ मिलिमिटरभन्दा सानो छ भने यसलाई प्राकृतिक रूपमा निस्किन मद्दत गर्न सकिन्छ । दिनमा कम्तीमा ३–४ लिटर पानी पिउँदा पत्थरी पिसाबमार्फत बाहिर निस्कन सजिलो हुन्छ । औषधि सेवन गरेर पनि सानो पत्थरी निकाल्न सकिन्छ । यसका लागि अल्फा ब्लकर ९ब्उिजब(दयिअपभच० औषधि पिसाब नली फराकिलो पार्न सहयोगी हुन्छ । तर, यी औषधिहरू चिकित्सकीय सिफारिसमा मात्र लिनु पर्छ । यस्तै चिकित्सकले सिफारिस गरेका पत्थरी पगाल्ने औषधिहरू ९कतयलभ(मष्ककयखिष्लन mभमष्अष्लभक० पनि सहयोगी हुन्छ ।
इएसडब्लूएल
यो एक बिना चिरा लगाइने आधुनिक उपचार हो । उच्च आवृत्तिका ध्वनि तरङ्ग ९क्जयअप ध्बखभक० प्रयोग गरेर पत्थरीलाई स–साना टुक्रामा तोडिन्छ । ती टुक्रा पिसाबमार्फत बिस्तारै बाहिर निस्कन्छन् । सामान्यतया १ से.मि. भन्दा साना पत्थरीमा यो विधि प्रभावकारी हुन्छ ।
आरआइआरएस
यदि पत्थरी मिर्गौलाबाट झरेर पिसाब नलीमा अड्किएको छ भने यो विधि प्रयोग गर्न सकिन्छ । डाक्टरले पिसाबको बाटो हुँदै ग्चभतभचयकअयउभ नामक उपकरण हाल्छन् । पत्थरी देखिएपछि लेजरको मद्दतले टुक्र्याएर निकालिन्छ । यसमा बिरामीको शरीरमा कुनैपनि प्रकारको शल्यक्रिया गर्नु पर्दैन । र बिरामी केही दिनमै सामान्य जीवनमा फर्किन सक्छन् ।
त्यसैगरी, आरआइआरएस विधिबाट पनि मिर्गौलाको पत्थरी निकाल्न सकिन्छ । यो विधिमा युआरएस जस्तै आरआईआरएस स्कोप मुत्रथैलीबाट मिर्गौलासम्म हालेर लेजर प्रविधिले पत्थरीलाई सानो बालुवाको आकारमा टुक्राइन्छ । त्यसपछि ती टुक्राहरु आफैं मुत्रनलीबाट पिसाब सँगसँगै बगेर जान्छन् । यो विधिबाट २ सेमिसम्मको पत्थरीको उपचार गर्न सकिन्छ । आरआइआरएस विधिको फाइदा भनेको शरीरलाई चिर्ने वा प्वाल पारिरहनु पर्दैन । बिरामी शल्यक्रिया गरेको भोलीपल्टै डिस्चार्ज गरी घर जान सक्छन् । र आफ्नो दैनिकीमा फर्कन सक्छन् । यसलाई लेजर स्टोन सर्जरी पनि भनिन्छ । यो विधि अहिलेको अत्याधुनिक उपचार विधि हो ।
पिसिएनएल
यो ठूला वा गहिरा पत्थरीका लागि प्रयोग हुने विधि हो । यसमा ढाडको भागमा सानो चिरा पारेर विशेष ट्युबमार्फत क्यामेरा र उपकरण हालिन्छ । त्यसपछि पत्थरी टुक्र्याएर वा पुरै निकालिन्छ । सामान्यतया २ से.मि. भन्दा ठूला पत्थरीका लागि यो विधि अपनाइन्छ । तथापि, पछिल्लो समय नेपालमा मात्र हैन विश्वभर पिसिएनएल विधिलाई परिमार्जन गरी मिनी वा अल्ट्रा मिनी पिसिएनएल विधिबाट पत्थरी निकाल्ने गरिन्छ ।
त्यस्तै, कहिलेकाहिँ ओपन सर्जरी ९इउभल क्गचनभचथ० बाट पनि मिर्गौलाको पत्थरी निकालिन्छ । यसमा मिर्गौलामा ठूलो चिरा पारेर प्रत्यक्ष रूपमा पत्थरी निकालिन्छ । ठूलो वा जटिल पत्थरीका लागि अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिन्छ । यसले बिरामीलाई लामो समय अस्पतालमा बस्नुपर्ने, घाउ निको हुन लामो समय लाग्ने, संक्रमणको जोखिम बढ्ने हुन्छ । र, यो निकै कम गरिने विधि हो ।
इसिआईआरएस विधि
यो विधिबाट मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्दा सुपाइन पिसिएनएल र आरआईआरएस दुवै विधि अपनाइन्छ । मिर्गौलाको जटील पत्थरीको शल्यक्रियाका लागि मात्र यो विधि अपनाइन्छ । यसमा स्ट्यागहर्ड पत्थरी तथा कडा पत्थरीहरु निकालिन्छ । यो विधिमा बिरामीको शरीरमा प्वाल पारेर लेजर विधिबाट पत्थरीलाई फुटाएर निकालिन्छ । यो बिधि स्वासप्रस्वासका बिरामी तथा अत्याधिक मोटोपना भएका बिरामीहरुका लागि अत्यन्त उपयुक्त छ।
पिसिएनएल सर्जरीका फाइदाहरु के के हुन् ?
शरीरमा ठूलो चिरा पारेर शल्यक्रिया गर्नु पर्दैन । शल्यक्रियाका बेला रक्तस्राव कम हुन्छ । ठूला घाउहरू नबनाइने हुँदा संक्रमणको सम्भावना न्यून रहेको छ । भने, बिरामीलाई उपचारपछिको पीडा कम हुन्छ । सँगसँगै अस्पतालमा बसाई छोटो हुने भएकोले बिरामी छिट्टै दैनिक जीवनमा फर्कन सक्छन्।
यहाँ हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा भनेको युआरएसएल, आरआईआरएस तथा पिसिएनएल यी मध्ये कुनैपनि विधिबाट पत्थरीको शल्यक्रिया गर्दा डिजे स्टेन्ट (म्व् क्त्भ्ल्त्) पाइप राख्नुपर्ने हुन्छ । यो पाइप मार्फत नै पत्थरीको ससाना टुक्राहरु निस्कन मद्दत गर्दछ । यो पाइप चिकित्सकको सल्लाह अनुसार दुई हप्ता देखि ३ महिना सम्म राखेर निकाल्नु पर्ने हुन्छ । बिरामीले आफ्नो शरीर भित्र यो पाइप छ भन्ने चैं बिर्सनु हुँदैन । यदी समयमै यो पाइप निकालिएन भने चैं बिरामीलाई पाइपसँग जोडिएका अन्य समस्याहरु उत्पन्न हुनसक्छन्।
अन्त्यमा,
मिर्गौलाको पत्थरी समयमै पहिचान गरी उपचार नगरेमा गम्भिर जटिलता उत्पन्न हुन सक्छ । आधुनिक आरआइआरएस प्रविधिले अब पत्थरी हटाउने प्रक्रिया सजिलो, सुरक्षित र छिटो बनाएको छ । पर्याप्त पानी पिउनु, नुन र प्रोटिनको सेवन सन्तुलित राख्नु, नियमित स्वास्थ्य परीक्षण र नियमित शारीरिक ब्यायाम गर्नु मिर्गौला स्वस्थ राख्ने मुख्य उपाय हुन् । नेपाल मेडिकल कलेजमा माथी उल्लेखित तीन वटै विधिबाट मिर्गौलाको पत्थरीको शल्यक्रियाका लागि अत्याधुनिक स्वास्थ्य उपकरणसँगै दक्ष तथा अनुभवी युरोलोजिस्टहरू हुनुहुन्छ।
(डा. अन्सारी नेपाल मेडिकल कलेजका कन्सल्टेन्ट युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्ट सर्जन हुन् ।)