न्युयोर्क– टि–सर्टको पछाडि लेखिएको छ– मोबाइल नम्बर ९१७–५९७–२६५१, ब्लड ग्रुप ‘ओ पोजेटिभ’ अनि त्यो भन्दा माथि ‘मिर्गौला(किड्नी) चाहियो।' अमेरिकाको न्युयोर्कस्थित बु्रकलिनबासी ६० वर्षिय रोवर्ट लिबोइज आफ्नो ५ प्रतिशत मात्रै काम गरिरहेको मिर्गौला बोकेर सद्दे मिर्गौलाको खोजीमा निस्किए, अमेरिकाको अर्को शहर फ्लोरिडास्थित डिस्नी वल्ड।
डिस्नी वल्डको एक हप्ते बगैचा यात्रा
करिa एक सातासम्म उनी डिस्नी वल्ड पार्क वरिपरि सोही टिसर्ट लगाएर घुमिरहे। ‘यो मेरो 23 गर्ने शैली थियो,’ प्रसन्न मुद्रामा भेटिएका लिबोइजले आफ्नो अनुभुति सुनाए, ‘मलाई थाहा थिएन कि के हुनेवाला थियो। तर जब तपार्इं आशाको पाइला राख्ने निकै कम मात्र ठाउँ भेट्नुहुन्छ, तब तपाइँ हरेक उपायहरु अवलम्बन गर्नुहुन्छ।’
उमेरले ६० पुगेका लिबोइजको गत १५ वर्षदखि मिर्गौलाले गर्ने काममा ह्रास आएको थियो। ‘म पछिल्लो ४ वर्षदेखि अस्पतालको मिर्गौला प्रत्यारोपणको प्रतिक्षा सूचीमा सामेल थिएँ। तर कारण भर्खर मृत्यु भएका दानीहरुलाई कुर्दा यो सूची ७ देखि १० वर्ष लम्बिन सक्थ्यो,’ उनले भने, ‘एक व्यक्तिले मिर्गौलाको आशमा ७ देखि १० वर्षसम्म जीवन कुरेर बिताउन सम्भव थिएन।’
अन्तिम खुशी खोज्दा पूरै जीवन मिल्यो
आफ्ना ४ छोराछारीको साथमा जीवनको अन्तिम खुशी खोज्न डिस्नी वल्ड पुगेका लिबोइजले खुशी पनि पाए र किड्नी पनि। जब एक दम्पतीले उनको फोटो खिचेर उनको बारेमा केही जानकारी सहित सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिदिए। अगष्ट २८ दिन आफ्ना पति जुवानको जन्मदिन मनाउन डिस्नी वल्ड पुगेकी रोको स्याण्डले जब एक वृद्ध (जो फरक खालको टिसर्टमा छ) एक युवालाई ह्वील चीयरमा राखेर डोर्या२उँदै गरेको दृश्य देखिन् तव नजिकै पुगेर उनको फोटो खिचेर फेसबुकमा राख्ने अनुमति मागिन्।
एक दिनमा ३२ हजार पटक सेयर
लिबोइजले बिना कुनै हिच्किचाहट धन्यवाद दिदैँ विश्वसामु सेयर गरिदिन आग्रह गरे। सोही आग्रह बमोजीम फोटो पोष्ट भयो र सँगसँगै भयो चमत्कार पनि। पहिलो दिन ३२ हजार पटक सेयर भएको सो फोटोले साता पुग्दासम्म ९० हजार पटक सेयरको आँकडा पार गर्योे।
त्यसपछि लिबोइजलाई मिर्गौला दान गर्न उत्सुक सयौँले फोन गरे। मिर्गौला फेल भएकाहरुका लागि बाँच्नु एक अंक गणित मात्रै हो भन्ने बुझेका उनले अब भने आफूले मृत्युलाई जितेको अनुभव गरे। तर खेल अझै कहाँ सकिएको थियो र?
‘मात्रै ब्लड ग्रुप म्याच हुँदा मिर्गौला प्रत्यारोपण गर्न कहाँ सबै बाटो खुल्थ्यो र?’, लिबोइजले भने, ‘चिकित्सकले प्रत्येक इन्जाइम र एकएक अवयवको जाँच गर्नु थियो। तव मात्र अन्तिम नतिजाको आश गर्न सकिन्थ्यो।’
जाँचका लागि ४ जना मानिस न्युयोर्क पनि पुगे तर ३ जनाकोमा चिकित्सकले स्विकृती दिन सकेनन्। अन्तिममा जाँच गराएका रिची सुली लिबोइजका लागि महादानी बने। १५ वर्षदेखि बोकेको रोगी मिर्गौलाले अन्ततः आराम पाउने भयो।
सुलीको भोइसमेल
सुलीले रेडक्रसमा रगत दिइरहेका बेला भाइरल भएको स्याण्डको पोष्ट देखेपछि टिसर्टमा अंकित नम्बरमा भोइसमेल पठाए, ‘हाइ, मेरो नाम रिची हो। मैले तपार्इंको पोष्ट देखेँ र म सकारात्मक छु। मसँग एक अतिरिक्त मिर्गौला छ । जो तपाइँलाई दिन म तयार छु।’ अतिरिक्तको अर्थ थियो, उनका दुवै मिर्गौला सद्दे थिए । त्यसैले एउटा दिन मिल्थ्यो।
सुलीलार्इ विश्वास थिएन कि लिबोइजले सो भोइसमेलको जवाफ फर्काउनेछन्। किनकी उनले पोष्ट हेर्दा ८० हजार सेयर भइसकेको थियो। उनलाई लाग्यो कि लिबोइजलाई मिर्गौला दिने अरुले नै प्रतिबद्धता जनाइसके।
‘जव हामीबिचमा कुराकानी सुरु भयो लिबोइजले यसबिचमा आफुले धेरै जनाबाट सहयोगको आश्वासन पाएको तर सम्पर्कमा आउने अधिकांश बृद्ध थिए,’ इन्डियाना निवासी ३७ वर्षिय सुलीले भने,‘मैले सोच्न नै सकेको थिइन कि म कुनै एक पोष्टको मर्मलाई थोरै पनि मानवीयताको धर्मले नसोचेर कसरी अन्देखा गर्न सक्छु।’
पोष्ट हेरेपछिको त्यो समयलाई सम्झिदै सुलीले भने, ‘लिबोइजलाई थाहा थियो कि उसको अन्त्यको दिन नजिक छ। मृत्यु पर्खिनु नै उसको आफ्नो बाँकी जिवन थियो। मैले यसलाई एक निराश दैनिकीको रुपमा बुझेको थिएँ। उसलाई यस्तो अवस्थामा फोन किन नगर्ने प्रश्नमा मसँग कुनै जवाफ थिएन। यसको अर्थ थियो कि सायद म आफ्नो सहयोगी हात उतिर बढाउन सोचिरहेको छु।’
आजको बुझाई
यतिबेला यी दुवै पुरुष सबैलाई धन्यवाद दिँदै एक–एक मिर्गौला बोकेर जीवनको बाँकी बाटो सहजै हिँडिरहेका छन्। उनीहरुलाई आशा छ कि उनीहरुको साझा कहानी अंग दानको लागि एक प्रेरणा बन्नेछ।
आज उनीहरु समग्र घटनाक्रमलाई एकै बिन्दुमा उभिएर सोच्छन्, ‘कि यस्तो क्रिया जसमा भएको प्रतिक्रियाले तपार्इंको चालकको लाइसेन्सलाई ट्राफिक चेकिङबाट मुक्त गरिदिएको छ।’
(सिएनएनका नाताली जोन्सनले तयार पारेको आलेख)
(अनुवादः विमर्श कँडेल)