काठमाडौं- नेपाल विद्यार्थी संघ, आयुर्वेद क्याम्पस इकाइले आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल क्षेत्रलाई ‘प्लाष्टिक झोला तथा प्रदुषण मुक्त क्षेत्र’ घोषणा गरेको छ।
हरित आयुर्वेद अवधारणाअनुरुप संघले आज सो घोषणा गरिएको हो । केवल बोलीमा मात्र नभई व्यवहारमा उतार्नुपर्ने भन्दै सो अभियान शुरु गरिएको जनाएको छ । यस्तो अभियान देशभरका सरकारी क्याम्पसमा विद्यार्थीको तर्फबाट पहिलो पटक शुरू गरिएको हो।
त्यसैगरी संघले क्याम्पस तथा अस्पताल प्रशासनलाई डस्टविन समेत हस्तान्तरण गरेको थियो।
प्राध्यापक रतीश झा, सह–प्राध्यापक डा।काशीराज सुवेदी, स्ववियू अध्यक्ष प्रशान्त बस्नेत लगायतले यस्तो कार्य प्रशंसनीय रहेकोे भन्दै यसको कार्यान्वयनमा सबैको उत्तिकै जिम्मेवारी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा संघद्वारा प्लास्टिक झोलाको प्रयोग कम गर्न कागजको झोलासमेत वितरण गरिएको थियो। रासस