सिरहा- सिरहाको विष्णुपुर गाउँपालिकालाई हिजो एक कार्यक्रमकाबीच पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचै वडाका जन्मेकादेखि २३ महिनासम्मका सबै ८५५ बालबालिकालाई विभिन्न खोप लगाइ गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो।
यसअघि अर्नमा गाउँपालिका पूर्ण खोप घोषणा भईसकेको छ । जिल्लाका १६४ वडामध्ये ४० वडा पूर्ण खोप घोषणा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।
विष्णुपुर गाउँपालिका १ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षतामा आयोजित पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज चन्द्रकिशोर यादवले बिष्णुपुर गाउँपालिकाका सबै वडाका ८५५ बालबालिकालाई दादुरा, बिसिजीलगायत पूर्ण खोप लगाइएर पूर्ण खोप गाउँपालिका घोषणा गरिएको जानकारी दिए। रासस