हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलिरहनु पर्ने हुन्छन् । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चञ्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ ।
हाइपोमेनिया रोग लाग्दा श्रीमान् श्रीमतीमा चर्को विवाद भएको पाइन्छ यतिसम्मकि छुट्टाछुट्टै बस्न पुग्ने, बारम्बार कुटपिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुँदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुँदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन् । विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन् । उनी अहिले छिट्टै रिसाउने, जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिनन् । श्रीमान् तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भइरहन्छ । उनी कहिले रिस खप्न नसकेर रुन्छिन्, कहिले अरुलाई अपशब्द बोल्छिन् । परिवारको सदस्यसँग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनी ठूलठूला कुरा गर्छिन् । राति निन्द्रा राम्रो पर्दैन । उनी बढि फुर्तिलो देखिन्छिन् । उनको यो व्यवहार झेल्न नसकेपछि परिवारले अस्पताल पुर्याए । चेकजाँचपछि थाहा भयो उनलाई त हाईपोमेनिया भइसकेछ ।
त्यस्तै रमा १६ वर्षकी छिन् । कक्षा ९ मा पढ्छिन् । गत १० दिन देखि उनी फरक देखिएकी छिन् । आजकल उनि बढि बोलिरहन्छिन् । उनि छिट्टै रिसाउँछिन् । उनि निकै सिँगारपटार गर्छिन् । कहिलकाहिँ भन्छिन्, “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु।”
उनी आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन् । तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन् । एउटा काम नसक्दै अर्को काम सुरु गर्छिन् । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी. हेर्छिन् र अरुलाई डिस्टर्व गर्छिन् । आफु धनि भएको फूर्ति उडाउँछिन् । उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण बढ्दै गयो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ र निको हुँदैछ।
यस्तो अवस्थामा बिरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । बिरामी आनन्द कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । पैसा वाँड्ने, कुरा बढाई चढाइ बोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गीत गाउने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पुर्याउन जरुरी छ । यस्ता घटनाहरु समाजमा पटक पटक देखिरहन्छन् । तर, रोग लागेर यस्तो भएको कुरा शुरुमा थाहा पाइँदैन, जसबाट बिरामी वा बिरामीको परिवारमा अनेकौं घटना घट्न सक्छन् । मेनिया भनेको हाइपोमेनिया भन्दा कडा अवस्था हुने रोग हो।
यस्ता बिरामी वर्षांैसम्म रक्सी पिउने, घरपरिवारस“ग झगडा गर्ने, परपुरुष वा महिलास“ग सल्किने र घरै छाडेर हिड्ने जोखिम हुन्छ । यस्ता बिरामी मध्ये करिब आधाजसो बिरामीमा व्यक्तित्वको समस्या पनि भएको हुन्छ । अस्पताल लगेर बिरामीको परीक्ष्ँण गरेपछि मात्र रोगको कारणले यस्तो भएको रहेछ भनेर थाहा हुन्छ।
हाइपोमेनिया रोगका लक्षणहरु
घमण्डी बन्ने, बढी फúर्ती लगाई कुरा गर्ने ।
धेरै खुशी हुने तर भनेको नमाने झनक्क रिसााउने ।
वढी आशावादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
बढी पैसा माग्ने वा खर्च गर्ने ।
पटक पटक ऐना हेरिरहने ।
यौनमा बढी रुचि हुने ।
एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
उपचार
रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवाहार नगनर्,े अस्पताल लगेर सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
यो रोग एकपटक शुरु भएपछि अर्को पटक दोहोरिने समस्या ७०८० प्रतिशत रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्कोपटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने (जस्तै दिक्क हुने, रुने मर्छु भन्ने, राती निदाउन गाह्रो हुने) देखिन्छ । यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।
हाइपोमेनिया रोगबारे जान्नैपर्ने कुरा
हाइपोमेनिया रोगका बिरामी घमण्डी हुन्छन् । उनीहरु आफूलाई बिरामी भन्न रुचाउँदैनन् । आफूले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन् । त्यसैले यस्ता बिरामीसँग अनावश्यक बादविवाद गर्नुहुँदैन । नम्र भएर कूरा गर्नुपर्छ ।
हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ हाइपोमेनिया रोग निको भइसकेपछि पनि पटक–पटक बल्झिन सक्छ ।