मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी ) को भित्तामा पर्ने दबाबलाई रक्तचापभनिन्छ । रक्तचापलाइ मिलिमिटर अफ मर्करीमा नापिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिनछ । सिस्टोलिक र डायस्टालिक दुबै रक्तचापशरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् ।
सामान्य रक्तचाप१२०÷८० एमएम एचजी भन्दा कम हुनुपर्छ । उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचापहुनु भनदा अगाडिको अवस्था हो । प्रिहाइपरटेन्सन अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा 18मा आवश्यक परिवर्तन गरेर भविषयमा उच्च रक्तचापहुनबाट आफुलाई बचाउन सकिन्छ।
सामान्य भनदा अली बढी रक्तचाप भयो भने के गर्ने ?
यदि तपाइको रक्तचाप १४०/९० को वरिपरि छ र कहिलेकाहिँ १५०/१०० सम्म पनि पुग्छ भने, औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा पनि 18मा परिवर्तन गरेर रक्तचापलाई घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि सक्छ । तर यदि तपाईंको रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१०० (बोर्डरलाइन हाइपरटेन्सन)छ भने चिकित्सकसँग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ । 18मा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रुपमा जाँच गर्नुपर्छ । त्यपछि पनि रक्तचाप नियन्त्रण नभएमा औषधिको प्रयोग गर्नु पर्ने हुनसक्छ।
रक्तचाप नाप्दा ध्यान दिनुपर्ने कुराहरु
रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ । त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ । आफ्नो रक्तचापकति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस् । घरमा स्वम्ले नापेको रक्तचापको रेकर्ड चिकित्सकलाई भेटने बेलामा देखाउनुपर्छ र अरुले नापेको रक्तचापको पनि रेकर्ड राख्ने गर्नुपर्छ।
कति दिनको फरकमा रक्तचापनाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । अध्यान र अनुभवको आधारमा ,म आफ्नो बिरामीलाई निम्नानुसार रक्तचाप नाप्न सल्लाह दिन्छु । रक्तचाप धेरै चााडो नाप्दा अनावश्यक पीर पर्ने हुनसक्छ । धेरै दिनको फरकमा नाप्यो भने रक्तचाप नियन्त्रणमा छ कि छैन थाहा नहुनसक्छ । त्यसैले एउटा निश्चित समयमा रक्तचापनाप्नु जरुरी हुन्छ । चाँडै आत्तिने अवस्थाका भएका व्यक्तिहरुले धेरै चाँडो रक्तचापनाप्दा झन आतिने र अर्थको चिन्ता हुनसक्छ।
गर्भावस्थामा उच्च रक्तचाप
गर्भावस्थामा रक्तचापमा परिवर्तन हुनलाई सामान्य मान्निन्छ । देस्रो र तेस्रो ३ महिना मा रक्तचापतल माथि हुनु स्वाविक हो । गर्भावस्थाको कारणले पनि उच्चा रक्तचापहुन सक्छ । यसलाई प्रग्नेन्सी इन्डुेसेड हाइपर टेन्सन भनिन्छ ।
गर्भावस्थामा रक्तचाप १४०÷९० भन्दा बढी भयो भने औषधिको प्रयोग गर्नु जरुरी हुन्छ।
गर्भावस्थामा आमा रशिशस दुवैलाई असर नगर्ने औषधि मात्रै प्रयोग गर्नुपर्छ । गर्भावस्थामा उच्च रक्तचापनियमित रुपले जाँच्ने गर्नुपर्छ । कसै–कसैलाई गर्भावस्था पछि पनि रक्तचाप बढी भइराखेको हुनसक्छ, यसको लागि औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
बालकालिकामा उच्च रक्तचाप
बालबालिका वा २० वर्ष मुनिका युवा युवतीहरुमा उच्च रक्तचाप देखिनुको अन्य केही कारण हुनुपर्छ । त्यसैले यस्तो अवस्थामा रक्तचापको राम्रो नियन्त्रण गर्नुको सााथै त्यसको कारण पत्ता लगाउन आवश्यक जाँचहरु पनि गर्नुपर्ने हुन्छ।
यस्तो अवस्थालाई सेकेन्डरी हाइपरटेन्सन भनिन्छ । कुन कारणबाट रक्तचाप बढ्न गएको हो, त्यो कारण समयमै पत्ता लगाएर उपचार गरिएमा रक्तचाप सधैँको लागि नियन्त्रित हुनसक्छ र औषधिको प्रयोग पछि गएर बन्द गर्न सकिनछ । यस्तो अवस्थामा मुटुरोग विशेषज्ञले छातीको एक्सरे, इसिजी, इकोकार्डियोग्राफी ,मृगौलाको डप्लर अल्टा«साउण्ड रहार्मोन आदि जााच गर्न सल्लाह दिन्छ।
उच्च रक्तचापका कारणहरु
अस्वस्थ जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अवस्था आहार (नुनिलो खानेकुरा (मोटोपना र शारीरिक गतिबिधिको कमीले उच्च रक्तचापके सिर्जना गर्नसक्छ । 18मा हुने अस्वस्थ परिवर्तनले गर्दा नै युवकहरुमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ । धुम्रपानको सेवजले रक्तचापलाई बढाउँछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्क्रिय गर्छ । जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन।
उच्च रक्तचापका लक्षणहरु
सामान्यता उच्च रक्तचापको केहि लक्षण हुँदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ तर यो कुरालाई अध्ययनले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ । रक्तचाप अलि–अलि मात्र बढेमा टाउको दुख्दैन । तर, उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाहिँ पूरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ।
कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहिँ उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षणहरु देखापर्न सक्छ । केही बिरामीलाई मष्तिकघात, ह्दयघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्र उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ।