सामान्य भाषामा हड्डी टुटफुट हुने समस्यालार्इ आर्थराइटिस भनिन्छ । यसलार्इ वृद्धावस्थामा हुने दीर्घरोग भन्ने गरिन्छ। सामान्य रुपमा यो रोगले घुँडा, कम्मर, गर्दन तथा मेरुदण्डमा बढी समस्या निम्त्याउँछ। करिब ५० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरु यो समस्याबाट बढी ग्रसित हुन्छन्। यो रोग लागेपछि हिँड्न, उठ्न, बस्न निकै पीडादायी हुन्छ। बिरामीको वजन बढी छ भने झनै गाह्रो हुन्छ।
ओसियो आर्थराइटिस कसरी हुन्छ?
हाम्रो शरीरमा जोर्नीभित्र हड्डीको माथि कार्टिलेज (जोर्नीका साना साना कोष)ले समातेको हुन्छ। यो कार्टिलेज जब हड्डीको एकअर्को माथि हुन्छ, त्यो बेला यसले त्यो झट्का वा धक्कालाई स्पन्जको जस्तै ब्यालेन्स गर्छ। यदि कुनै कारणवश कार्टिलेज ड्यामेज हुन्छ,त्यसपछि स्पोन्जी ब्यालेन्स गर्न असमर्थ हुन्छ। फलस्वरुप हड्डी एकापसमा रगडिन्छन् वा छोपिन्छन्। घुँडा सुन्निएर आउँछ, दुखाइ सुरु हुन्छ। दैनिक क्रियालापमा अवरोध सिर्जना हुन्छ।
पुरुषको तुलनमा महिलामा समस्या बढी देखिने गरेको छ।
मुख्य कारण के हो?
उमेरको कारण – ५० देखि ६० वर्षमाथि
मोटोपन – अत्याधिक वजन भएको
चोटपटक – यसको असर मांशपेसी तथा जोर्नीमा हुन्छ
लक्षण
जोर्नी तथा मांसपेसी दुख्ने
चलाउन गाह्रो हुने
मांसपेशी कमजोर बन्ने
दुखेको ठाउँमा हल्का सुनिने
घुँडाबाट आवाज आउने
जोर्नीको बनाबट बिग्रिने
उपचार/सावधानी
वजन नियन्त्रण गर्ने : सामान्यभन्दा बढी वजनको कारणले जोर्नीमा क्षति पुग्छ र ओस्टियो आर्थराइटिस हुन सक्छ। सन्तुलित आहार, व्यायाम र फिजियोथेरापीले आफ्नो वजनलाई सन्तुलित राख्न मद्दत गर्छ।
सामान्य व्यायाम : स्वास्थ्यको लागि पनि दैनिक व्यायम आवश्यक हुन्छ। दैनिक र नियमित व्यायमले दुखाइलाई घटाउँछ। तर गलत व्यायामले समस्या पनि उत्पन्न गर्छ। तर उचित र रोग अनुसारको व्याययामका लागि फिजिकल थेरापिस्टसँग सम्पर्क वा सल्लाह लिन सकिन्छ।
शक्तिवर्द्धक व्यायाम : कुनै खास रोगको निदान वा जोर्नीका मांसपेशी बलियो बनाउन फिजियोथेरापी गर्न सकिन्छ।
फेक्सिबिलिटी व्यायाम : जोर्नीलाई सक्रिय बनाइराख्न विशेष किसिमको ब्यायाम गर्नुपर्छ।
आफ्नो उमेर र शारीरिक परिश्रम अनुसार विश्राम पनि गर्ने। बढी उमेर समूहमा अत्यधिक कामले पनि जोर्नीमा क्षति पुग्छ। तर शरीरलाई सहज हुने गरी विश्राम गर्नुपर्छ।