लयबद्ध तरिकाले संगीतको तालमा गरिने शारीरिक क्रियाकलाप हो नृत्य। मनोरञ्जनका रुपमा हेरिने नृत्यमा स्वास्थ्यलाई सकारात्मक असर गर्ने गुण हुन्छ। शरीर, मन र भावनाको त्रिगुणात्मक संयोग हुने यो कलाले स्वस्थ बनाइराख्न भूमिका खेल्छ।
नृत्यका फाइदा
- शारीरिक, मानसिक र भावनात्मक कसरत हुन्छ।
- शरीर,मन र भावनाको तालमेलले जागरुक बनाइराख्छ।
- प्रफुल्लता बढाउँछ। प्रसन्न राख्ने हर्मोनहरु (जस्तैः इन्डोर्फिन, सेरेटोनिन) को मात्रा बढाउँछ।
- शारीरिक दुखाइ कम गर्छ।
- सामाजिक स्वास्थ्यलाई बढाउँछ। सामाजिक अन्तक्र्रिया बढाउँछ। हिनताबोधको अन्त्य गर्न मद्दत गर्छ।
- जीवनको गुणस्तर बढाउँछ।
अनुसन्धानहरुले नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धलाई निम्न प्रकारका फाइदा हुने पुष्टि गरेको छ।
नृत्य र बच्चाको स्वास्थ्य
- मोबाइल गेम, ल्यापटप गेम आदिको लतबाट छुट्कारा दिन्छ।
- शारीरिक कसरतको काम गर्छ। हड्डिहरुलाई बलियो बनाउँछ। शारीरिक व्यायामको क्षमता बढाउँछ।
- तन र मन फुर्तिलो राख्छ। तौल घटाइ शरीरलाई कसिलो बनाउँछ। शरीर लचिलो बनाउँछ।
- फोक्सोको क्षमता बढाउँछ। मुटुलाई बलियो बनाउँछ। धड्कन घटाउँछ।
- बच्चाहरुको व्यक्तित्व विकास गर्छ।
- बच्चामा सहयोगी भावना र मिलेर काम गर्ने बानीको विकास हुन्छ। जसले गर्दा सामाजिक स्वास्थ्यको विकास हुन्छ।
- पारिवारिक अन्तक्र्रिया बढाउँछ। बच्चाहरुको मानसिकता बुझ्न सहयोगी हुन्छ।
- आफूलाई चिन्ने, बुझ्ने र मनको संयम गर्न सक्ने क्षमता विकास गर्छ।
नृत्य र वयस्कको स्वास्थ्य
- तनाव तथा तौल घटाउँछ।
- प्रफुल्लता बढाउँछ। जागरुक बनाउँछ। मानसिक शान्ति दिन्छ।
- शरीर, मन र भावनाको सन्तुलन बनाइराख्छ।
- जीर्ण र पुराना दुखाइहरुको तीव्रता घटाउँछ।
नृत्य र वृद्धको स्वास्थ्य
- शारीरिक सन्तुलन बढाउँछ। वृद्धावस्थामा देखिने लड्ने समस्यामा कमी आउँछ।
- शारीरिक स्फूर्ति कायम राख्छ।
- प्रफुल्लता बढाउँछ। जागरुक बनाउँछ। मानसिक शान्ति दिन्छ।
- वृद्धावस्थामा हुन सक्ने हीनताबोध, एक्लोपन तथा तनाव घटाउँछ।
- मानसिक तथा भावनात्मक रुपमा बलियो बनाउँछ।
- शरीर, मन र भावनाको सन्तुलन बनाइराख्छ।
- हड्डीहरुलाई बलियो बनाउँछ।
- सामाजिक रुपमा जोडिएको अनुभूति दिन्छ।
(डा श्रेष्ठ योग तथा प्राकृतिक चिकित्सा विज्ञ हुन्)