राजधानीका प्रशोधित दूध डेरीमा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक जीवाणु भेटिएको छ। पहिले पानीमा मात्र भेटिने गरेको सुनिने यो जिवाणुले मानिसको स्वास्थ्यमा हानी पुर्याउँछ।
के हो कोलिफर्म ?
कोलिफर्म भनेको जिवाणुहरूको समूह हो। बाहिरी वातावरणमा रहेको पानी,माटो, मानिस वा तातो रगत भएका जनावरका दिसामा यो जीवाणु पाइन्छ।
यसलाई सामान्यतः तीन प्रकारले छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ। सबै कोलिफर्म हानिकारक भने हुँदैन।
टोटल कोलिफर्म, फेकल कोलिफर्म र इको कोलिफर्म गरी कोलिफर्मलाइ मुख्यतः ३ प्रकारमा बाँडिन्छ। टोटल कोलिफर्मले आफूले प्रयोग गर्ने पानीमा फोहर मिसिएको बताउँछ भने फेकलले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ।
त्यसैगरी इको कोलिफर्मलाई फेकल कोलिफर्मको उपसमूहका रूपमा लिने गरिन्छ। इको कोलिफर्मले कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने समेत गराउँछ।
अहिलेसम्म दूधमा कुन कोलिफर्म भेटिएको भनेर पत्ता लागिसकेको छैन। विदेशमा जस्तो एकदम हानिकारक महामारी नै फैलिने कोलिफर्म भेटिएको हो या समान्य भेटिएको हो त्यो भने यकिन हुन सकेको छैन।
दूधमा भेटिएका कोलिफर्मको जीवाणुले असर पारिहाल्ने त होइन तर दूध भने मज्जाले नै उमालेर खानुपर्छ। सफा भाँडामा राम्ररी उमालेर खाएमा किटाणु मर्छन् त्यस्तो हानी गर्दैन।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)