काठमाडौं- विश्व मासिक स्वास्थ्य दिवसका अवरसमा नेपालमा पनि विविध कार्यकर्म गरिएको छ। यसपालिको विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को नारा युवालक्षित ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ रहेको छ।
हरेक ५ जना युवामध्ये १ जनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको छ। अध्ययनअनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र शुरु हुन्छ र २४ वर्षको उमेरसम्ममा ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्यमा देखा परिसकेको हुन्छ।
तरपनि विश्वको कुल स्वास्थ्य बजेटको ४ प्रतिशत बजेट मात्र युवाहरुको मानसिक सु –स्वास्थ्यको लागि खर्च गर्ने गरिएको छ।
अध्ययनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोश्रो कारण आत्महत्या पाइएको छ । कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आयस्तर भएका देशहरुमा हुने गरेको छ।
दिवसकै अवसर पारेर स्वास्थ्यखबरको विशेष कार्यक्रम 25मा मानसिक राेग विशेषज्ञ डा रितेश थापासँग कुराकानी गरिएको छ। स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँग डा थापाले युवामा मानसिक समस्या बढ्दै जानुको कारण, यस्ले निम्त्याइरहेको असर लगायतका विषयमा खुलेर कुराकानी गरेका छन्। हेरौं उनीसँगको भिडियो वार्ता :