काठमाडौं- नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटी (एनएमएसएस)ले रसुवा तथा अन्य प्रभावित क्षेत्रका आर्थिक सहयोग आवश्यक पर्ने मेडिकल विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
सोसाइटीले प्रभावित क्षेत्रका मेडिकल विद्यार्थीलाई लक्षित गर्दै सहयोगका लागि आवेदन आह्वान गरेको हो। आर्थिक सहायता आवश्यक भएका सम्बन्धित क्षेत्रका विद्यार्थीले आवेदन दिन सक्ने सोसाइटीले जनाएको छ।
आवेदन दिन इच्छुक विद्यार्थीले सूचनामा उपलब्ध क्यूआर कोड स्क्यान गरेर वा सोसाइटीसँग प्रत्यक्ष सम्पर्क गरी आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति सन् २०२७ नोभेम्बर ३ तोकिएको छ।
सोसाइटीका सचिव सुवाष आचार्यले प्रभावित क्षेत्रका मेडिकल विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको जानकारी दिएका छन्।
