काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण टोलीमा औषधि उद्योगीको प्रतिनिधित्व गर्दै ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका सञ्चालक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ सहभागी भएका छन्।
प्रधानमन्त्रीको भ्रमण टोलीसँगै भारत प्रस्थान गरेका श्रेष्ठले आफू औषधि उद्योग तथा व्यवसाय क्षेत्रको प्रतिनिधित्व गर्दै भ्रमणमा सहभागी भएको स्वास्थ्यखबरलाई बताएका छन्।
प्रधानमन्त्री शाह आइतबारदेखि भारत भ्रमणमा छन् । ३५ जनाको सरकारी र निजी क्षेत्रका विभिन्न संघ/संस्थाबाट उनीसँगै भ्रमणमा सहभागी छन्।