आँखा सुख्खा हुने रोग (ड्राई आई सिन्ड्रोम) आँखाको सतहमा हुने बहुपक्षीय समस्या हो, जुन आँखाको आँशु ग्रन्थीको उत्सर्जनमा कमी र आँखाको आँशुको सतहमा आँशुको प्रसारणको असन्तुलित अवस्थाले हुन्छ। यसो हुनुमा आँखाको आँशु रहने सतह (कङ्गजक्टिभा र कर्निया)मा सूक्ष्म घाउ तथा सुजन हुनु मुख्य कारण मानिआएको छ।
समग्रमा हाम्रो आँखामा आँशुको तीन तह हुन्छ क्रमशः बाहिरबाट भित्र लिपिड तह (चिल्लो तह), एक्वस तह (पानी तह) र म्युकस तह (पातलो झिल्ली तह) जुन सूक्ष्म रुपमा आँखाको कर्निया तथा कङ्गजक्टिभा अगाडि टाँस्सिएर बसेको हुन्छ। जुनसुकै कारणबाट यी तीन तहको सन्तुलन गुम्न गई आँखा सुख्खा हुनु नै ड्राई आई सिन्ड्रोम हो।
यो सामन्यतः बिरामी आफैंले पहिचान गरी उपचार खोज्ने रोग हो। परिवर्तित 18, बढ्दो वायुप्रदूषण तथा विश्वव्यापी तापमान वृद्धिले यसको प्रकोप सोचेभन्दा बढिरहेको छ। यो एक अर्थमा आँखाको नसर्ने भयावह रोग हो। भारतमा हरेक वर्ष यो रोग एक करोड मानिसमा लागिरहेको हुन्छ। यसको प्रकोपले स्वास्थ्य अर्थशास्त्रमा ठूलो असर देखिन्छ। यसलाई समयमै उपचार नगरेमा कालान्तरमा आँखाको पारदर्शी कालो भाग (कर्नियामा) घाउ लागेर दृष्टि शक्तिसमेत नाश हुन सक्छ।
ड्राई आई सिन्ड्रोम जोखिमका कारण :
- लामो समयसम्म डिजिटल सिस्टम– कम्प्युटर, मोबाइल, स्क्रिनमा अभ्यस्त हुनु
- सुख्खा वातावरणमा रहनु (जस्तैः एसी, पंखायुक्त कार्यस्थल, घर बाहिरको) काममा अभ्यस्त रहनु
- पर्याप्त निद्राको अभाव तथा रात्रिको समयमा काम गर्नु
- अटोइम्युन रोगबाट ग्रसित भएकाहरू– आमवात, स्जोग्रेन सिन्ड्रोमलगायत
- पर्याप्त पोषणको अभाव तथा धूमपान सेवन
- आँखामा लामो समयसम्म कन्ट्याक्ट लेन्सको प्रयोग
- बुढ्यौली उमेर तथा महिलामा रजोनिवृत्ति (महिनावारी सुक्ने अवस्था) पश्चातको अवस्था
- आँशु उत्सर्जन ग्रन्थीमा हुने ट्युमर र त्यसको विकीरणीय उपचार पश्चातको अवस्था
- स्नायूविकार ः केन्द्रीय स्नायू प्रणालीको सातौं स्नायूको खराबीका कारण आँखाको ढकनी खोल्ने तथा बन्द गर्ने नियमित क्रियाको अवरोध
- विभिन्न चर्मरोगको कारण तथा आँखाको ढकनीको संक्रमणको अवस्था
- औषधिको दुर्लभ पाश्र्वप्रभाव विशेषगरी सल्फोनामाइड, एण्टिमलेरियल औषधिको प्रयोगबाट (स्टिभिन जोन्सन सिन्ड्रोम)
- आँखाको अन्य रोगमा प्रयोग हुने आँखामा राख्ने औषधि जस्तैः ‘ग्लुकोमा’ मा प्रयोग हुने ‘बिटा ब्लकर’ औषधि, एन्टि एलर्जिक औषधि जस्तैः ओलाप्टाडिन, एन्टिभाइरल जस्तैः एसाक्लिोभिर, डिकन्जेस्टान्ट जस्तै नाफाजोलिन, आँखामा राख्ने दुखाई कम गर्ने औषधि जस्तैः ‘ब्रोमोफेनाक’ का साथै आँखाको औषधि सुरक्षित राख्न प्रयोग हुने प्रिर्जभिटिभ ‘बेन्जाइलकोनियम’ का कारण आँखा सुख्खा हुने रोगको जोखिम बढेको छ।
रोगको निदान तथा पहिचान
सामन्यतयाः नेत्र चिकित्सकद्वारा बिरामीमा भएको लक्षण तथा चिह्नको परीक्षणबाट यस रोगको निक्र्योल गरिन्छ। जस्तैः टियर ब्रेकअप टाइम (आँशुको स्थायित्व परीक्षण), स्किर्मर स्ट्रिप्स टेष्ट (आँशुको आयतन परीक्षण) र आवश्यक भएको खण्डमा सिस्टमिक निदान तथा अन्य अत्याधुनिक परीक्षण गरी निक्र्योल गरिन्छ।
रोकथाम तथा उपचार
सर्वप्रथम माथि उल्लेखित जोखिमका कारणबाट सावधानी अपनाई स्वस्थ 18 अपनाउनु नै उत्तम हुन्छ।
- सकभर मोबाइल, कम्प्युटर र अन्य डिजिटल स्क्रिनको लतबाट टाढा रहने।
- यदि आपm्नो पेशा नै कम्प्युटरसँग सम्बन्धित हो भने कम्प्युटरको बसाइलाई व्यवस्थापन गर्नु नै सबैभन्दा ठूलो रोकथामको उपाय हुन्छ। जस्तैः कामको बीचबीचमा आराम गर्ने, हिंड्डुल गर्ने, आँखाको चिम्लने र खोल्ने गतिलाई नियमित र स्वाभाविक राख्ने, पानी तथा रसजन्य फलफूल उपभोग गर्ने।
- यदि कम्प्युटरमा लगातर काम गर्ने नै हो भने २०–२०–२० नियम लागू गर्ने। जसको अर्थ कम्प्युटरमा काम गर्दा हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्डको आराम लिई २० फिट टाढाको वस्तु हेर्ने/चियाउने।
- सकभर कम्प्युटरमा काम गर्दा, फिल्ड तथा अन्य कार्यक्षेत्रमा खटिंदा एण्टिग्लेयर चस्माको प्रयोग गर्ने।
- आँखाको थकावटलाई कम महसूस गर्न पानीले भिजेको दुवै हातको हत्केला बेस्सरी रगडी हलुकासँग आखीभौं र आँखाको ढकनी वरिपरि मालिस गर्ने।
- आँखामा अत्यन्त जलन भएमा सुतीको कपडालाई चिसोपानीमा भिजाई आँखा छोप्ने।
- धूमपान त्याग्ने, विषाक्त तथा प्रदूषित हावाबाट टाढा रहने।
- कार्यस्थल, अफिस वा घरमा एसी, पंखा जडान गरिएको छ भने बस्ने ठाउँको स्वभाविक आद्र्रता कायम राख्न कोठामा मुख नछोपिएको भाँडोमा पानी राख्ने ताकी एसी, पंखा चल्दा स्वभाविक वाष्पीकरण भई आर्द्रता कायम रहोस्।
- आँखाका अन्य समस्या भएका र क्न्ट्याक्ट लेन्स प्रयोगकर्ताले नेत्र चिकित्सकको प्रत्यक्ष निगरानीमा आँखामा प्रयोग हुने औषधिको प्रयोग गर्ने, यदाकदा समस्या आएको खण्डमा सो औषधिको प्रतिस्थापन गरी पाश्र्व प्रभावबाट आँखा सुख्खा हुने रोगबाट बच्न सकिन्छ।
औषध आहार
आयुर्वेद चिकित्सामा यस किसिमको आँखा सुख्खा हुने रोग अर्थात् शुष्काक्षिपाक रोगको उपचार सम्बन्धमा विभिन्न आहार औषधको वर्णन गरिएको छ। गाईको शुद्ध घिउ १–१ चम्चा बिहान–साँझ सेवन गर्नाले रोग लाग्न नदिने उल्लेख गरिएको छ। यसले स्नेहाशं (आँशुमा हुने चिल्लो पदार्थ) को कमीबाट हुने ड्राई आई सिन्ड्रोम रोक्न मद्दत पु¥याउँछ। साथै मह, कोदो, जौ, सिधेनूनको परिकारले पनि आँखा सुख्खा हुनबाट बचाउने उल्लेख छ। यसका अतिरिक्त विभिन्न आहार वर्गको समुचित उपभोग गर्नाले आँखासम्बन्धी जुनसुकै रोगबाट बच्न सकिने उल्लेख गरिएको छ।
शाक वर्ग : (हरियो साग तथा फलफूल)– कुभिण्डो, काँक्रो, फर्सी, धनियाँ, शिग्रु पल्लव (पातको मुना) तथा फल (शितलचिनी÷ शोभाञ्जन), मूला, जीवन्ती, पुर्ननवा (पुन्नरे झार), भूँई अमला, लोडे साग, बेथे साग, पालुङ्गो साग, कमाइको साग, भृङ्गराज (भङ्गरेझार), परवल, घिरौला, लौका, कुरीलोको मुना जस्ता हरिया फलफूल तथा सागपातको नियमित सेवन गर्नाले आँखाको स्वास्थ्यलाई मजबुत बनाइराख्छ। यिनीहरुमा पाइने जीवनीय तत्व (भिटामिन) तथा गाढा रञ्क तत्व (पिगमेन्ट) आँखाको संरचना तथा कार्यलाई स्वाभाविक राख्दछ।
फलवर्ग : ज्यामिर, सुन्तला, अमला, आँप, केरा, ताड, नरिवल, खजुर, मुनक्का, स्वभाविक कार्यका साथसाथै यिनीहरुमा पाइने भिटामिन ए तथा भिटामिन सीले आँखामा आँशुु बन्ने दर तथा सतहमा हुने सूक्ष्म किसिमको सुजनलाई (घाउ) चाँडो निको पार्न सहयोग पुर्याउँछ।
पुष्प वर्ग : कोइरालोको फूल, सिमलको फूल, असुरो फूल, अगस्ती फूल, मधुशिग्रु (शितल चिनी) फूल, कमलको फूल, मालती फूल, नागकेशर, द्रोणपुष्पीको फूलको ड्रेसिङ्ग प्याड बनाई आँखामा धारण गर्नाले आँखामा हुने डाहलाई न्यूनीकरण गर्न सकिन्छ। यसका साथै यसको तरकारी तथा अचार बनाई नियमित सेवन गर्नाले आँखालाई हित गर्दछ।
कन्द वर्ग : विदारीकन्द, कुरीलोको जरा, कमल गठ्ठा, सिँघडा, तरुल, गिठा, भ्याकुर तथा सुरण। स्वभाविक पौष्टिक तत्वका साथै सूक्ष्म पोषक तत्व जिंक, कोबाल्त, म्याग्निज आदि पाइन्छ जुन आँखाको स्वास्थ्यका लागि नभई नहुने तत्व हो।
कृतान्न वर्ग : रक्त शाली (स्थानीय जातको रातो चामल जुन ताल तलैया चिसोपानीमा लामो समय लगाई तयार हुन्छ) को माड, पेया, सूप, मुङ्ग तथा मसुरको दालको सूप, दाडिम तथा अमलाको सुप, सातु—मन्थ तथा ऊखुको जुस आदिले आँशुको जलियांशको सन्तुलनलाई सहयोग पु¥याउँछ।
विहार (जीवन शैली) : बिहान–बेलुका प्राकृतिक वातावरणमा टहल्नु, सूर्यनमस्कार, शीतली, भ्रामरी प्राणायाम गर्ने, रात्रि जागरण तथा दिवास्वप्न नगर्ने। गर्मी तथा धुलोधूँवाबाट बच्न टोपी तथा छाताको प्रयोग गर्ने।
घरायसी उपचार विधि :
आयुर्वेद चिकित्सा शास्त्रअनुसार वर्णित सरल घरेलु विधिबाट सुरु अवस्थाको (ड्राई आई सिन्ड्रोम) शुष्काक्षिपाकको समस्याबाट छुटकारा पाउन सकिन्छ।
- त्रिफला चूर्ण (हर्राे, बर्राे, अमलाको चूर्णको समभाग)–
१–१ चम्चा बिहान र साँझ खानापछि खानाले आराम मिल्छ।
यसमा हुने एण्टिअक्सिडाण्ट औषधीय गुणले आँखाको आँशु सतहको सूक्ष्म कोषको सुरक्षा प्रदान गर्दछ।
- त्रिफला क्वाथ नेत्र प्रक्षालन– त्रिफलाको काढा पकाएर सफा सुतीको सातपत्रे बनाई यसको घोललाई छानी सफा घोल (कुनै पनि ठोस वस्तु तथा जिवाणुरहित) ले बिहान र साँझ आँखा धुनाले आँखामा रहेका अन्य घातक संक्रमित जिवाणुलाई नाश गर्दछ साथै आँशुको सतहमा भएको सूक्ष्म घाउलाई निको पार्दछ। सुतीको सफा कपडालाई मनतातो काढामा भिजाई आँखाको वरिपरि हलुका सेक्नाले आराम मिल्छ। यो विधिबाट आँखाको ढकनीमा भएको ग्रन्थीबाट आँशुलाई चाहिने चिल्लो पदार्थको उत्सर्जन हुन्छ।
- वर्षौंदेखि प्रयोग भइआएको चुत्रो (चौतारी)÷दारुहरिद्रा काण्ड तथा बोक्रालाई सफा पानीमा पकाई (काढा बनाई) (निर्जिविकृत विधि अपनाई) स्टिरलाइज्ड पानी घोल बनाई बिहान–साँझ आँखामा २–२ थोपा राख्नाले आँखाको सतह तथा आँशु तहमा हुने सूक्ष्म सुजनलाई कमी गरी आँशुको (होमियोस्टाटिस) स्वभाविक सन्तुलन कायम राख्दछ।
- कुरिलो चूर्ण (शतावरी मूल चूर्ण) १–१ चम्चा बिहान–साँझ खानापछि सेवन गर्नाले स्वभाविक शारीरिक रसायनलाई सन्तुलन गरी महिनावारी रोकिइसकेपछि हुने आँखाको सुख्खापनलाई रोकथाम गर्दछ। यसको प्रयोगले आँखामा हुने डाहलाई नाश गर्दछ।
- आयुर्वेदमा वर्णित त्रिफला, दारुहरिद्राबाट निर्मित आई ड्रप्स जस्तै अप्थाकेयर, आइटोनको प्रयोग गर्नाले हित गर्दछ।
आयुर्वेद नेत्रविज्ञानमा शुष्काक्षिपाक (ड्राई आई सिन्ड्रोम) रोगको अवस्थाअनुसार रोग तथा विकारको विश्लेषण गरी शोधन (विजातीय विकारलाई बाहिर निकाल्ने उपचार विधि) तथा समन (शरीरभित्रै विकारलाई नाश गर्ने) चिकित्साको वर्णन गरिएको छ। विशेषगरी आँखाको चिकित्सामा क्रियाकल्प पद्धति छ। जसमा सेक (नेत्र चिकित्सकको निगरानीमा औषधियुक्त काढाले नेत्र प्रक्षालन गर्ने), आश्च्योतन (औषधीय गुणयुक्त वनस्पतीलाई गाईको घिउमा निर्जीविकृत विधिद्वारा तयार पारिएको आँखा राखी औषधि धारण गर्ने विधि), अवगुण्डन (औषधिलाई सफा सुतीको कपडामा पोको पारी आँखाको वरिपरि हलुका मालिस गर्ने चिकित्सा विधि), पिण्डी (औषधीय ड्रेसिङ प्याड) द्वारा आयुर्वेद नेत्रचिकित्सकको प्रत्यक्ष निगरानीमा ड्राई आई सिन्ड्रोमको प्रतिबन्धात्मक तथा उपचारात्मक चिकित्सा गरिन्छ।
यसरी आयुर्वेद नेत्रविज्ञान चिकित्साशास्त्रमा वर्णित औषध आहार, विहारको समुचित प्राकृत प्रयोग गर्नाले आँखा सुख्खा हुने रोगको रोकथाम तथा निवारण गर्न सकिन्छ।
परिवर्तित 18, विश्वव्यापी तापमान वृद्धिबाट पर्न जाने आँखा स्वास्थ्यको जोखिमलाई न्यूनीकरण गराउन आयुर्वेदमा उल्लेखित आहार, विहार तथा औषधीय पद्धति कोशेढुंगा साबित भएको विभिन्न अनुसन्धानले प्रमाणित गरेको छ।
(लेखक श्री धर्मशाला मञ्जुनाथेश्वर कलेज अफ आयुर्वेदा एण्ड हस्पिटल हासन, कर्णाटकामा नेत्रविज्ञान अध्ययन संकायमा एम एस/(स्नातकोत्तर) अध्यनरत छन्।)