घुँडा भनेको तिनवोटा हड्डीले बनेको जोर्नी हो, जस्को एक पाइलाबाट अर्को पाइला सार्नमा महत्वपुर्ण भूमिका रहेको हुन्छ| मान्छेको ठाडो शारीरिक बनावटले गर्दा हिड्ने बेलामा शरीरको भार एक खुट्टाबाट अर्को खुट्टामा हुदै भुइमा जाने भएकोले गर्दा शारीरिक तौल बढि भएको मान्छेमा घुँडाको हड्डी चाडै खिएर धूडा दुख्ने समस्या धेरै देखिन्छ|
घुँडा दुख्ने समस्या धेरैजसो बृद्ध बृद्धामा देखिने भए तापनि बिभिन्न संक्रमन्नले गर्दा वा चोटपटक लागेर जुनसुकै उमेरमा घुँडा सुन्निने र दुख्ने हुन्छ| महिलामा पुरुषको भन्दा बढि घुँडा दुख्ने समस्या भएको देखिन्छ |
घुँडादुखेकोकसरीथाहापाउने ?
- हिड्दा गाह्रो हुने वा घुँडामा दुखने |
- बसेर उभिदा घुँडामा असजिलो हुने
- एकछिन हिड़े पछि घुँडामा पोल्ने वा दुखेर हिड्न गाह्रो हुने |
- उकालो चढ्दा ,ओरालो झर्दा ,भर्याङ्ग चढ्दा वा झर्दा घुँडा दुखेमा घुँडा दुख्ने |
- घुँडामा जकड़न भएको अनुभव हुने |
घुँडादुख्नेकारणहरुकेकेहुन् ?
- बाथ :- घुँडा दुख्ने कारणहरु मध्ये धेरै जसो विभिन्न प्रकारका बाथ रोगले गर्दा दुखेको पाइन्छ जसलाई आर्थराइटिस पनि भनिन्छ |
- हड्डीखीइएर :- बृद्धा अवस्थामा हड्डीमा क्याल्सियम वा अन्य पदार्थ र सैनोभिएल फ्लूइडको मात्रा कमीले गर्दा हड्डी खिएर घुँडा दुख्ने समस्या उत्पन्न हुन्छ जस्तै-ओस्टोअर्थ रैटिस|
- नशाच्यापिएर :- कहिले काही ढाडमा नशा च्यापिएको कारणले पनि घुँडा धुख्ने समस्या देखिन्छ |
- मांशपेशीकोजकड़न :- घुँडा चलाउन साहेता गर्ने मांशपेशीहरुको जकड़नले गर्दा पनि घुँडा दुख्ने समस्या देखिन्छ | खास गरी जाडोमा चिसोले गर्दा मांशपेशीको जकड़न बढि देखिन्छ |
- मसल्सवालिगामेंटटिअर :- घुँडा वरिपरिका मांसपेशीहरु वा लिगामेंटहरु टिअर भएर पनि घुँडा दुख्ने हुन्छ | बिशेषगरी खेलाडीहरुमा सामान्य हुन्छ जस्तै एनटेरिअरक्रूसीएट लिगामेंट टिअर भएको देखिन्छ |
- मन्सपेशिकम्जोर :- चोट पटक लागेर वा नशामा कुनै समस्या भएर घुँडा चलाउन साहेता गर्ने मन्सपेशिहरु कमजोर भएकोले गर्दा पनि घुँडा दुख्ने हुन्छ |
- संक्रमण :- घुँडाको जोर्नीमा संक्रमणहरु जस्तै साइनोबाइटिस,इफ्युजन,पटेलर टेनडनाइटिस् इत्यादी भएकोले गर्दा पनि घुँडा दुखेको पाइन्छ |
- अन्यकारणहरु :- हड्डीको घनत्व कम भएर हुने समस्या जसलाई ओस्टोपोरोसिस् त्यसै गरी धेरै हिडने मान्छेहरुमा आई टि ब्याण्ड टेनड्नाईटिस् जस्ता समस्या भएको पाइन्छ पाइन्छ भने मसल्स स्पजमले गर्दा र केहि कारणले खुट्टाको हड्डी भाचेर प्लास्टर लगाउनु परेमा तेस पश्चात घुँडाको जोर्नी जाम भएर पनि घुँडा दुख्ने हुन्छ |
घुँडादुख्नेसमस्याभएमाकुनबेलाफिजियोथेरापीमाजाने ?
घुँडा नियमित दुख्न थालेमा,हिड्न गाह्रो हुने भएमा ,बसेर उभिदा गारो भएमा वा घुँडा सुनिएमा फिजियोथेरापीमा गई रोगको निदान गरी उपचार ,रोकथाम,निर्मुल गरी फेरि हुन बाट पनि जोगाउन फिजियोथेरापीमा जाने |
फिजियोथेरापीकतिसमयसम्मगर्नुपर्नेहुन्छ ?
फिजियोथेरापीको कुनै निश्चित अबधि हुदैन त्यसैले दुखाई हुनु जेल सम्म नियमित फिजियोथेरापी सेन्टरमा गई नियमित दुखाई कम गर्ने मेसिन लगाउने र दुखाई कम भए पछि सिकायिएको ब्यायाम नियमित घरमा गर्ने र भएको समस्या लाई रोकथाम गर्न भनिएको साबधानी अपनाउनु पर्ने पनि उतिनै आवस्यक हुन्छ |
घुँडादुख्नेभएमाकुनबेलाडाक्टरकोमाजाने?
घुँडा धेरै दुख्न थालेमा,धेरै सुनिएर हिड्न गाह्रो भएमा र फिजियोथेरापी गरेर पनि दुखाई कम न भएमा तुरुन्तै हाडजोर्नी सम्बन्धि वा बाथको डाक्टर संग जचाउन जाने |
केकारणलेदुखेकोमाकसरीफिजिओथेरापीगर्ने ?
- बाथ :-बाथले गर्दा घुँडा दुखेकोमा दुखाई हुनुजेल सम्म दुखाई कम गर्न आइ.एफ.टि र अल्ट्रासाउण्ड मेसिन लगाउने ,दुखाई कम भए पछि तातोले सेकेर सिकाइएको ब्यायामहरु नियमित गर्ने |यसका साथै युरिक एसिड बढाउने खानेकुराहरु जस्तै- प्याज ,टमाटर ,गेडागुडीहरु , कालो दाल इत्यादि कम खाने |
- हड्डीखिइएर :- हड्डी खिइएर घुँडा दुखेकोमा घुँडा वरिपरिको मांशपेशीहरु बलियो बनाउने ब्यायामहरु गर्ने र दुखाई कम गर्न आइ.एफ.टि मेसिनको प्रयोग गर्ने |
- मांसपेशीकोजकडन :-घुँडा वरिपरिको मांसपेशीहरुको जकडनले गर्दा भएको दुखाईमा तातोले सेकेर सो मांसपेशीलाई तनकाइन्छ |
- मसल्सवालिगामेंटटिअर :- घुँडाको कुनै मसल्स वा लिगामेंट टिअर भएर दुखेकोमा आइस प्याक्ले १५-२० मिनेट सम्म सेकेर अल्ट्रासाउण्ड मेसिनको प्रयोग गर्ने |
- संक्रमण :- घुँडामा कुनै प्रकारको संक्रमणले गर्दा दुखेकोमा संक्रमण कम गर्न एन्टीबयोटिक खाने र अल्ट्रासाउण्ड मेसिन लगाउने अनि कम भएपछि सिकाइएको ब्यायाम गर्ने |
- मांशपेशीकम्जोर :- घुँडाको मांसपेशीहरु कम्जोर भएर दुखेकोमा सो मांसपेशीलाई बलियो बनाउने ब्यायाम गराइन्छ |
- नशाच्यापिएर :- ढाडमा नशा च्यापिएर घुँडा तिर दुखेकोमा टेन्स मेसिन लगाई दुखाई कम भए पछि ढाड र घुँडाको लागि ब्यायामहरु गराइन्छ |
- स्टिफनेशले गर्दा :- घुँडाको स्टिफनेशले गर्दा भएको दुखाईमा तातोले सेकेर घुँडाको जोर्निलाई मोब्लैजेसन गरेर जोर्निको स्टिफनेश हटाएर दुखाई कम गरिन्छ |
घुँडा दुख्नेव्यक्त्ति गर्नुपर्नेरगर्ननहुनेकुराहरु :
गर्नुपर्ने :-
- दुखाई हुनु जेल सम्म नियमित फिजियोथेरापी सेन्टरमा गई उपचार गर्ने |
- दुखाई कम भए पछि सिकाईएको ब्यायामहरु नियमित घरमा गर्ने |
- हिड़दा वा काम गर्दा नि-क्याप लगाउने |
- काम गर्दा कुर्शीमा बसेर गर्ने |
- स्पोर्ट्स सु वा नरम सोल भएको जुत्ताको प्रयोग गर्ने |
- दुखाई भएकोमा तातोले सेक्ने |
- सामान्य सरिरिक तौल कायम राख्ने |
गर्ननहुने :-
- टुकरुक्क नबस्ने |
- पलेटि मरेर नबस्ने |
- उकालो,ओरालो र भर्यांगमा कम हिड्ने |
- लामो समय सम्म लगातार नहिड्ने |
- हिल जुत्ताको प्रयोग नगर्ने |
चोट पटक लगेर वा कुनै कारणले गर्दा घुँडाको शल्क्रिया गर्नु परेमा वा घुँडा फेर्नु परेमा तेस पच्चात पनि फिजियोथेरापी गर्नु अतिनै आवस्यक हुन्छ |
चोट पटक लगेर धूडा सुनिएमा तुरुन्तै आईस प्याक्ले सेक्ने |