शरीरमा आउने सबै गिर्खा क्यान्सर हुँदैनन् तर घाँटीमा भएका गिर्खा असामान्य रुपमा बढ्दै गएमा सचेत हुनुपर्छ । बालबालिकाको शरीरका विभिन्न स्थानहरुमा सामान्यतः गिर्खाहरु हुन्छन् नै । किनभने यो बेला लिम्फ्याटिक सिस्टमको विकास हुने समय हो । लिम्फ्याटिक सिस्टममा लिम्फ नोडहरु हुन्छन्, लिम्फ नोडहरुको आकार बढेमा गिर्खाका रुपमा देखा पर्छन् । यस्ता गिर्खा आउने–जाने गर्छन्, यदि आउने–जाने नभइ गिर्खा बढ्दै गए चिकित्सकको परामर्श लिनुपर्छ।
पहिलोपटक किटाणुलाई चिनिसकेपछि १० वर्षपछि किटाणुले आक्रकण गरेपनि संयन्त्र तयार भइसकेकाले तुरुन्त आक्रमण हुन्छ र शरीरमा ठूलो रोग लाग्न पाउँदैन । जसरी खोपले काम गर्छ यसरी नै काम गर्छ । सबै काममा लिम्फ्याटिक सिस्टम, लिम्फ नोड, लिमफोसाइट्सहरु महत्वपूर्ण छन्।
हज्किन्स लिम्फोेमा के हो ?
हज्किन्स लिम्फोमो रगतसँग सम्बन्धित एक प्रकारको क्यान्सर हो । यो लिम्फ नोडहरुमा हुन्छ । लिम्फ्याटिक सिस्टम र लिम्फ नोड हाम्रो प्रतिरक्षा प्रणालीको हिस्सा हुन् । जहाँ प्रतिरक्षा प्राणलीका कोषहरु रहन्छन् । यी कोषहरूलाइ लिम्फोसाइटस भनिन्छ । लिम्फोसाइट्स भनेको एक किसिमको सेतो रक्तकोष हो । लिम्फोसाइट्समा खराबी भएमा हज्किन लिम्फोे वा रोग हुन सक्छ।
लिम्फ्याटिक सिस्टमले शरीरभरी फैलिएर सञ्जाल बनाउने गर्दछ । जस्तो रक्तसञ्चार प्रणाली छ, त्यस्तै किसिमको लिम्फ्याटिक सिस्टम हुन्छ । त्यसमा रगत बग्दैन, त्यसमा लिम्फोसाइटसहरु बग्ने गर्दछन्।
लिम्फोसाइटसहरु बस्ने बासस्थान भनेको लिम्फनोडमा हो । लिम्फ्याटिक प्रणालीका विभिन्न ठाउँमा लिम्फ नोडहरु हुन्छन् । यसले गर्दा सामान्य संक्रमण भयो भने जस्तै खुट्टामा चोट लागेर संक्रमण भयो भने खुट्टाको (जाँघ साँप्राको काप)मा गिर्खाहरु आउने गर्छ । टाउकोमा स–साना चोट छन् भने त्यसको कारणले गर्दा पछाडीपट्टिको घाँटीमा गिर्खाहरु बढ्ने गर्दछन् । लिम्फ्याटिक सिस्टममा लिम्फ नोडहरु हुन्छन् यसको मुख्य काम भनेको प्रतिरक्षा प्रणाली हो । पहिलो काम भनेको ब्याक्टेरियालाई चिन्ने, दोस्रो त्यो विरुद्ध आक्रमण गर्ने संयन्त्र बनाउने र तेस्रो ब्याक्टेरिया वा भाइरसको विरुद्ध आक्रमण गर्ने हो । यो सबै काममा लिम्फोसाइटसहरु संक्रिय हुन्छन्।
पहिलोपटक किटाणुलाई चिनिसकेपछि १० वर्षपछि किटाणुले आक्रकण गरेपनि संयन्त्र तयार भइसकेकाले तुरुन्त आक्रमण हुन्छ र शरीरमा ठूलो रोग लाग्न पाउँदैन । जसरी खोपले काम गर्छ यसरी नै काम गर्छ । सबै काममा लिम्फ्याटिक सिस्टम, लिम्फ नोड, लिमफोसाइट्सहरु महत्वपूर्ण छन्।
पहिलोपटक किटाणुलाई चिनिसकेपछि १० वर्षपछि किटाणुले आक्रकण गरेपनि संयन्त्र तयार भइसकेकाले तुरुन्त आक्रमण हुन्छ र शरीरमा ठूलो रोग लाग्न पाउँदैन । जसरी खोपले काम गर्छ यसरी नै काम गर्छ । सबै काममा लिम्फ्याटिक सिस्टम, लिम्फ नोड, लिमफोसाइट्सहरु महत्वपूर्ण छन्।
सामान्यतः लिम्फोसाइट्सहरु विकसित वा परिपक्क हुदै जाँदा उनीहरुको विभाजन भएर संख्या वृद्धि हुने क्रम रोकिन्छ। तर हज्किन लिम्फोेमामा चाहिं लिम्फोसाइटहरुको परिपक्क हुने प्रक्रियामा समस्या आउँछ र तिनीहरु विभाजित भइनै रहन्छन्, यसरी अनियन्त्रित रुपमा विभाजन भएर कोषहरुको संख्या बढ्दै गएपछि लिम्फ नोडको सबै ठाउँ भरिदिन्छ । यो नै क्यान्सर हो । कोषहरु अनियन्त्रित रुपमा विभाजन भएर अन्य अङ्गहरुलाई पनि असर गर्ने गर्छ, सुरुवात एक ठाउँमा बस्छन् पछि बिस्तार–बिस्तारै फैलिँदै अन्य नोडहरुमा पुग्छ । त्यसपछि रगतमा र बोनम्यारोमा पुग्न सक्छ । कलेजो, फियो गरेर शरीरभरि फैलिने गर्छ । जति फैलिँदै गयो, यसको स्टेज पनि त्यहीअनुसार बढ्दै जान्छ । बोनम्यारोमा असर पुग्ने गरी फैलियो भने ब्लड क्यान्सर जस्तै रुप लिन सक्छ।
लक्षण
घाँटीमा गिर्खा दखिने हुन्छ । कतिपय लक्षण क्षय रोगसँग मिल्दाजुल्दा हुन्छन् । जस्तैः हल्का ज्वरो आउने, खाना अरुचि हुने आदि । छातीमा ,पेटमा पनि स–साना गिर्खा आउने गर्छन् । यदि छातीभित्र गिर्खा छन् भने खोकी लग्ने, सास फेर्न गाह्रो हुने, घाँटीका नसा फुलेको जस्ता लक्षणहरु देखा पर्छन् । कुनै–कुनै बच्चामा खानामा अरुचि देखाउने र कुनै–कुनै बच्चामा धेरै पसिना आउने हुन्छ । गिर्खा भनेको छातीभित्र पनि हुन सक्छ । कुनै गिर्खा पेटभित्र पनि हुन सक्छ । चिकित्सककोमा जाँच गर्दा गिर्खा कुन ठाउँमा छ भन्ने कुराको पहिचान हुन्छ।
पहिचान
गिर्खा सामान्य रुपमा पनि हुन्छन् तर सामान्य रुपमा भएका गिर्खा आउने जाने गर्दछन् । हज्किन्स रोग लागेको छ भने गिर्खा आउने जाने गर्दैनन् र बढ्दै जान्छन् । यदि गिर्खा छातिभित्र छ भने खोकी लगाउने सास फेर्न गाह्रो हुने र घाँटीका नसा फुलेको जस्तो देखिने हुन्छ । नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्छ । चिकित्सकले औषधि दिँदा पनि गिर्खा नघटे गिर्खाको एफएनएसी वा वायोप्सी गरी रोग पत्ता लगाइन्छ।
उपचार
यदि क्यान्सर सुरुवाती चरणमा पत्ता लगाउन सकियो भने कम डोजको औषधिमा कम साइकलको औषधि (किमो) दिएर निको बनाउन सकिन्छ । यदि पछिल्ला चरणमा पुगिसकेको रहेछ भने किमोका साथै रेडिएसन पनि दिनुपर्ने हुन्छ । र, लामो समयसम्म अस्पतालमा भर्ना भएर बस्नुपर्ने हुन्छ।
नेपालमा यो समस्या भएका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन तर विश्वको तथ्यांक हेर्न हो भने एक सयजना क्यान्सर भएका बच्चा मध्य करिब ५ जना बच्चामा हज्किन्स रोग देखापर्छ । हज्किन्स निको हुने क्यान्सर मध्य एउटा क्यान्सर हो । विकसित देशहरूमा ९० देखि ९५ प्रतिशतसम्म बिरामी बच्चाहरूमा उपचारबाट यो रोग निर्मुल हुन्छ । हाम्रोमा यो संख्या केही न्युन छ । एकपटक निको भइसकेपछि रोग पुनः फर्किने सम्भावना निकै कम हुन्छ।
(कान्ति बाल अस्पतालमा कार्यरत डा गिरीसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)