महिलाको कुनै पनि प्रजनन अंगका कोषिकाहरु अस्वभाविक रुपमा बृद्धि हुनुलाई नै महिला प्रजनन् अंगको क्यान्सर मानिन्छ । जस्तै, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर, योनीको क्यान्सर, भु्रणस“ग सम्बन्धित क्यान्सर।
के महिला प्रजनन अंग क्यान्सरबाट बच्न सकिन्छ?
महिला प्रजनन् अंग क्यान्सरबाट बँच्न र सुरुको अवस्थामा पत्ता लगाउन नियमित रुपमा स्वास्थ्य परीक्षण गरिनु पर्दछ र यस क्यान्सरस“ग सम्बन्धित लक्षणहरु थाहा पाउनु पर्दछ।
सुरु अवस्थामा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुन्छ भने पाठेघरको श्रावको परीक्षणबाट पाठेघरको मुखको क्यान्सर हुनु १०–१२ वर्ष अगाडि नै थाहा पाउन सकिन्छ।
महिला प्रजनन अंगको क्यान्सरका लक्षणहरु सुरुकै अवस्थामा देखिने हुँदा सचेत भएर नियमित परीक्षण गरायो भने सुरुकै अवस्थामै उपचार गरी पूर्ण रुपमा निको हुन सकिन्छ।
यदि परिवारमा कसैलाई डिम्बाशयको क्यान्सर छ भने यो वंशानुगत हुन सक्ने भएकोले आपूm पनि सचेत हुनु पर्दछ र जिनको परीक्षण गराउनु पर्दछ र आपूm कतिको जोखिममा छ भन्ने थाहा पाउन सकिन्छ।
जीवनशैलीमा परिर्वतन गर्नु पर्दछ। नियमित रुपमा व्यायाम गर्ने। स्वास्थ्य खानेकुराहरु खाने समयभन्दा अगाडि र धेरै बच्चा नजन्माउने, धेरै जनास“ग यौन सम्पर्क नराख्ने र परिवार नियोजनका अस्थायी चक्कीहरु लामो समयसम्म प्रयोग नगर्ने।
पाठेघरको मुखको क्यान्सर
विश्वभरि नै पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने महिलाहरुमा संयुक्त राज्य अमेरिकामा मात्र वर्षमा १२००० नया“ पाठेघरको मूखको क्यान्सरका नया“ बिरामी हुने गर्दछ।
यो क्यान्सरको मुख्य कारणमध्ये भाइरस हो, जसलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) भनिन्छ।
लक्षण
सुरुमा पाठेघरको मुखको कोषिकाहरु अस्वभाविक बृद्धि हु“दा यसका लक्षणहरु नदेखिन सक्छ र जब विस्तारै ती कोषिकाहरु बृद्धि हु“दै जान्छ तब लक्षण देखिन थाल्छ।
१. यौन सम्पर्क गर्दा दुख्नु र यौन सम्पर्कपछि रगत देखा पर्नु।
२. महिनावारी सुकिसकेका महिलामा पनि रगत देखा पर्नु।
३. गन्हाउने पानी बग्नु।
रोकथाम
यस रोगबाट बच्न नियमित रुपमा पाठेघरको श्राव परीक्षण गराउनु पर्दछ। यो रोगको प्रमुख कारण एचपिभी भाइरस भएकोले यो भाइरसविरुद्ध खोप लगाउन सकिन्छ। यो खोप कुनै पनि महिलाले आप्mनो जीवनमा यौन क्रियाकलाप सुरु हुनुभन्दा अगाडि नै लगाउनु पर्दछ।
डिम्बाशयको क्यान्सर
क्यान्सरबाट मृत्यु हुने महिलामा यो क्यान्सर चौथौ स्थानमा पर्दछ। महिलामा जति उमेर बढ्दै जान्छ। डिम्बाशयको क्यान्सरको सम्भावना बढ्दै जान्छ। बच्चा नजन्माएका महिलामा पनि यो क्यान्सर सम्भावना बढ्दै जान्छ।
लक्षण
अरु प्रजनन अंगका क्यान्सरहरुमा जस्तै यसमा सुरुमै लक्षण देखिँदैन र सुरुको अवस्थामा पत्ता लगाउन गाह्रो पर्दछ। तर जति यो रोग विकराल हु“दै जान्छ वा अर्को अंगसम्म फैलिसकेको हुन्छ तब लक्षण देखा पर्दछ। त्यसैले यसलाई साइलेन्स किलर पनि भनिन्छ ।
१. पेट फुल्दै जानु।
२. पेटमा असहज महसुस हुनु।
३. पिसाबका लक्षणहरु जस्तै छिटा–छिटो वा धेरै पटक लाग्नु।
४. खाना खा“दा चा“डै पेट भरिएको जस्तो हुनु।
यस रोगका लक्षणहरु पेटका साधारण समस्यास“ग मिल्दोजुल्दो हुने भएकोले प्रायः बेवास्ता गरिएको हुन्छ।
पाठेघरको क्यान्सर
महिला प्रजनन अंगको क्यान्सरमध्ये पाठेघरको क्यान्सर पनि प्रमुख हो। यस क्यान्सरको प्रमुख कारणमध्ये इस्ट्रोगेन हर्मोनको प्रयोग, मधुमेह, उच्च रक्तचाप, ट्यामोक्सिफेन नामक औषधिको प्रयोग र बढ्दो उमेर हो।
मोटोपना पनि पाठेघरको क्यान्सरको प्रमुख कारण हो। मोटो मान्छेको शरीरमा इस्ट्रोगेनको मात्रा जति बढ्दै गयो यस क्यान्सरको सम्भावना उत्तिकै बढि हुन जान्छ।
लक्षण
योनीबाट अस्वभाविक रक्तश्राव हुनु नै यसको प्रमुख लक्षण हो। यो सुरुकै अवस्थामा नै हुने भएकोले यसलाई चेतावनीको रुपमा पनि लिन सकिन्छ। जसलाई वार्निङ साइन पनि भनिन्छ। त्यसैले यस्ता लक्षण देखिएमा सतर्कता अपनाउनु पर्दछ र समयमै जँचाउनु पर्दछ।
१. योनीबाट अस्वभाविक रक्तश्राव वा महिनावारी रोकिइसकेका महिलामा रगतका थोपाहरु देखिनु।
२. महिनावारी भएको बेलामा अत्याधिक रक्तश्राव हुनु वा महिनावारी भएको बेला बाहेक पनि रक्तश्राव हुनु।
३. योनीबाट रगत मिसिएको पानी बग्नु।
४. यौन सम्पर्कको बेला दुख्नु।
५. तल्लो पेट दुख्नु।
योनी क्यान्सर
यो महिला प्रजनन क्यान्सरमध्ये दुर्लभ क्यान्सर हो। यो पाको उमेरका महिलामा मुख्यतया हुने गर्दछ। यो क्यान्सर सुरुको अवस्थामा पत्ता लगाउनसके पूर्ण रुपमा निको पनि हुन्छ। यो क्यान्सर पनि एचपिभी भाइरसको कारणले पनि हुने गर्दछ।
लक्षण
१. योनीको रङमा परिवर्तन हुनु।
२. योनीमा मासु पलाउनु।
३. योनी चिलाउनु।
४.पिसाब फेर्दा दुखेको वा पोलेको जस्तो हुनु।
५. रक्तश्राव जुन महिनावारीस“ग सम्बन्धित नहुनु।
रोकथाम
योनीको क्यान्सर पनि ह्युमन प्यापिलोमा भाइरसस“ग पनि सम्बन्धित रहेको हुनाले सो भाइरसको विरुद्ध महिलाहरुले जीवनमा यौन क्रियाकलाप सुरु हुनु अगावै खोप लगाउन सकिन्छ। योनीमा भएको परिर्वतन आफैंले जा“च गरी वा स्त्री रोग विशेषज्ञबाट जँचाउन सकिन्छ।
संयुक्त राज्य अमेरिकामा मात्र हरेक ६ मिनेटमा १ जना महिला प्रजनन क्यान्सर निदान हुने गर्दछ। सन् २०१८ मा ९१७३० जना नया“ महिला प्रजननका क्यान्सर बिरामीको निदान हुने र २८०८० जना यस रोगबाट मृत्यु हुने अनुमान गरिएको छ।
सबै महिला प्रजनन अंगका क्यान्सरका लक्षण सुरुमै नदेखिए तापनि प्रायको लक्षण सुरुमै देखापर्ने हुनाले यसलाई बेवास्ता नगरी समयमै परीक्षण गरिएमा पूर्ण रुपमा निको हुन सक्छ।
-(स्त्री क्यान्सर रोग विशेषज्ञ डा प्रजापति भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छिन्)