काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पु¥याउन २५ वर्षे स्वास्थ्य क्षेत्रको दीर्घकालीन सोच विसं २१०० तयार पारेको छ।
स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले सविधानले ‘समृद्ध नेपाल सुखी नेपाली’ समग्र सोचअनुरुप स्वास्थ्यको दीर्घकालीन सोच तयार पारिएको जानकारी दिए।
‘समृद्ध मुलुकको लागि स्वस्थ नागरिक’ को समग्र सोचअनुरुप संविधानबमोजिम राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरुको सूची, सान्दर्भिकता, विद्यमान नीति, राष्ट्रका तर्फबाट विभिन्न समयमा गरिएका अन्तराष्ट्रिय प्रतिबद्धता एवं स्वास्थ्य क्षेत्रका चुनौतीलाई समेत आधार बनाई दीर्घकालीन सोचको आधारपत्र तयार गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य क्षेत्रको दीर्घकालीन सोच विसं २१०० का उद्देश्य र रणनीति
उद्देश्यहरु :
रोगभार र मृत्युदर कम गर्दै औसत आयु बढाउने,
गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सर्वशुलभ पहुँच तथा उपभोग सुनिश्चित गर्ने,
बहुक्षेत्रीय समन्वयमार्फत स्वास्थ्यलाई सबै नीतिमा समावेश गर्ने,
स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने,
रणनीति
संघीय संरचनाअनुरुप संघ, प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य प्रणालीको विकास, विस्तार तथा सुदृढीकरण गर्ने।
जनसंख्या, भौगोलिक अवस्थिति तथा आवश्यकताका आधारमा स्वास्थ्य संस्था तथा सिपमिश्रित एवं स्वास्थ्य जनशक्तिको विकास तथा विस्तार गर्ने।
आधारभूत, आकस्मिक तथा विशिष्टिकृत लगायत स्वास्थ्य सेवाको तहगत रुपमा व्यवस्थापन गर्ने।
जनस्वास्थ्यका आयामहरू प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक लगायतका सेवालाई समयसापेक्ष सन्तुलित विकास तथा विस्तार गर्ने।
सरकारी, निजी तथा गैरसरकारी क्षेत्र तथा समुदायबीचको सहकार्य तथा साझेदारीको प्रवद्र्धन गर्ने।
बहुक्षेत्रीय समन्वय तथा सबै नीतिमा स्वास्थ्य नीतिको प्रवद्र्धन गर्ने।
स्वास्थ्यमा नियमनलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने।
सबै तह तथा प्रकारका स्वास्थ्य सेवामा गुणस्तर कायम गर्ने।
विपन्न, सिमान्तकृत लगायत विभिन्न समूहलाई प्राथमिकता दिंदै स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचको सुनिश्चित गर्ने।
सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई बिमासँग सामन्जस्य गर्दै एकीकृत रुपमा विकास तथा विस्तार गर्ने।
जनसंख्या व्यवस्थापनलाई समग्र विकासको अभिन्न अंगको रुपमा संस्थागत गर्ने।
औषधि, स्वास्थ्यजन्य सामग्री तथा जडिबुटीको उत्पादन, आयात, भण्डार, वितरण तथा प्रयोगको व्यवस्थापन तथा नियमन गर्ने।
आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी तथा अन्य चिकित्सा पद्धतिहरुको योजनाबद्ध विकास, विस्तार र व्यवस्थापन गर्ने।
नागरिकलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बनाउँदै स्वस्थ जीवनशैलीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने।
पोषणको अवस्थालाई सुधार गर्न बहुक्षेत्रीय समन्वयमा गुणस्तरीय एवं स्वास्थ्यवद्र्धक खाद्य पदार्थको उत्पादन, पहुँच तथा प्रयोगलाई विस्तार गर्ने।
अनुसन्धान तथा सूचना पद्धतिलाई वैज्ञानिक र व्यवस्थित बनाउँदै तथ्यमा आधारित नीति निर्माण तथा प्रविधिमैत्री स्वास्थ सेवाको विकास एवं विस्तार गरिनेछ।
सबै तहमा रोग नियन्त्रण तथा जनस्वास्थ्य विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यको एकीकृत उपायहरु अबलम्वन गर्ने।
जीवनपथको अवधारणाअनुरुप मातृशिशु, बालबालिका, किशोरकिशोरी, वयस्क तथा जेष्ठ नागरिकको स्वास्थ्य आवश्यकतालाई यथोचित सम्बोधन गर्ने।
बृद्धावस्थालाई स्वस्थ, सक्रिय र सबल बनाउन गुणस्तरीय स्वास्थ्य सेवा सहितको बृद्धाश्रमहरुको व्यवस्था गर्ने।
अपेक्षित नतिजाहरु
सबै नागरिकहरुले स्वस्थ जीवनशैली अपनाई गुणस्तरीय, उत्पादनशील र सुखी जीवन बिताउने छन्,
रोकथाम गर्न सकिने कारणबाट हुने मातृ मृत्यु, शिशु मृत्यु र बाल मृत्यु नगन्य हुनेछ,
सबै उमेरका नागरिक खासगरी महिला, बालबालिका र किशोरकिशोरीको पोषण अवस्थामा उल्लेख्य सुधार हुनेछ,
नसर्ने रोग लाग्ने दरलाई कम गर्दै गुणस्तरीय जीवनयापनमा बृद्धि गर्ने र अकाल मृत्युलाई उल्लेखनीय रुपमा घटाइने छ,
सबै खालका सरुवा रोगहरु जनस्वास्थ्य समस्याका रुपमा रहने छैनन्,
स्वदेशमै उपलब्ध विशिष्टकृत स्वास्थ्य सेवाहरुप्रति नागरिकहरुको आकर्षण बढ्दो हुनेछ साथै स्वास्थ्य पर्यटन को प्रवद्र्धन भएको हुनेछ,
जनसंख्या र स्वास्थ्यकर्मीको अनुपात अन्तर्राष्ट्रिय मापदन्ड अनुरुपको हुनेछ,
कुनै पनि नागरिक आर्थिक अभावको कारणले स्वास्थ्य उपचारबाट बन्चित हुनुपर्ने छैन, सरकारका सबै तहमा स्वास्थ्यमा लगानी कम्तीमा १० प्रतिशत हुनेछ,
स्वस्थ, सबल र सक्रिय बृद्धावस्था सहितको औसत आयु वृद्धि गर्दै विकासमा योगदान भएको हुनेछ,
मदिरा तथा सुर्तीजन्य पदार्थको उपभोगमा नियन्त्रण तथा नियमन भई यसबाट उत्पन्न हुने स्वास्थ्य समस्याहरु नगन्य हुनेछन्,
पेशागत तथा व्यवसायजन्य रोगहरुबाट हुने बिरामी दरमा उल्लेखनीय कमी आउनेछ,
बहुक्षेत्रीय सहकार्यबाट वातावरण, खानेपानी, सडक, कृषि, शिक्षा जस्ता क्षेत्रहरुमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन भई यस्ता स्वास्थ्य निर्धारक तत्वहरुमा सम्बन्धित क्षेत्रले उल्लेखनीय कार्य गर्नेछ र यसबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरहरुमा उल्लेखनीय कमी आउनेछ,
विभिन्न सरोकारवाला निकायबीचको प्रभावकारी समन्वयमार्फत विपद् जोखिम न्यूनीकरण गरी प्रभावकारी व्यवस्थापन हुनेछ,
औषधि तथा औषधिजन्य सामाग्रीको उत्पादनमा राष्ट्र आत्मनिर्भर हुनेछ,
आयुर्वेद तथा परम्परागत चिकित्सा र योग सेवाको उल्लेखनीय उपयोग हुनेछ साथै योग सेवामा पर्यटकको आकर्षण बढ्ने छ,
जडिबुटी उत्पादन, प्रशोधन तथा आयुर्वेदिक औषधि उत्पादन पद्धतिको प्रवद्र्धन गर्दै देशलाई आत्मनिर्भर बनाउनुका साथै निर्यात समेत गरिनेछ।
यो पनि पढौं :
स्वास्थ्यको १५औं पञ्चवर्षीय योजनाको मस्यौदा तयार, के छन् कार्यक्रम?