अभ्यङ्ग मालिस आयुर्वेदिक मालिस पद्धतिमध्येको लोकप्रिय विधि हो। यो मालिस गर्दा स्नेहन द्रव्यको रुपमा विशेषतः औषधीय तेलहरुको प्रयोग गरिने हँुदा यसलाई तेल अभ्यङ्ग पनि भनिन्छ। यो विधि पञ्चकर्मको बाह्य स्नेहन कर्मअन्र्तगत पर्छ।
पञ्चकर्ममा अभ्यङ्गका साहराले शरीरका विभिन्न भागमा जम्मा भएका विकृत दोषहरुलााई कोष्टमा ल्याएर वमन विरेचनादि क्रियाद्वारा दोष दूूर गर्न यसको उपयोग गरिन्छ भने सामन्य रुपमा अभ्यङ्ग मात्र गर्दा पनि विभिन्न समस्याबाट मुक्ति पाई स्वस्थ जीवन जिउन सकिन्छ।
मौसम परिवर्तन, वातावरणीय प्रदूषण, गलत आहारबिहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायाम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिले शरीरका साम्य दोष विकृत गराई दोष प्रकोपलाई बढाउँछ। शरीरमा दोष असन्तुलित भएपछि विभिन्न दोषानुकूल रोगको प्रकोप बढ्छ। फलतः व्यक्ति रोगी हुन पुग्छ।
यो मालिस गराउनुपूर्व आयुर्वेदिक चिकित्सकको परामर्श लिन जरुरी छ। चिकित्सकले अभ्यङ्ग गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, दोषको अवस्था, व्यक्तिको बल, वय (उमेर) र रोगावस्था आदिको बारेमा पूर्ण जानकारी लिनेछन्।
अभ्यङ्गको प्रकार, समय, अभ्यङ्ग कला र स्नेहन द्रव्य (तेल) छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ। प्रकोपित दोषको चढावलाई हेरेर दोष समक तेलको प्रयोग नै अभ्यङ्ग मालिसको विशेषता हो। यी औषधीय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै अभ्यङ्ग मालिस हो।
फाइदा
व्यस्तताले भरिएको तनावग्रस्त आधुनिक जीवनशैलीका लागि अभ्यङ्ग मालिस अमृत समान हो। विशेषतः कफ तथा बाथ रोगहरुमा अभ्यङ्ग अत्यन्त लाभदायक छ। तर, ज्वरो आएको, घाउखटिरा भएको, एकाएक सुन्निएको अवस्थामा अभ्यङ्ग गराउनु हुँदैन। उपयुक्त औषधीय द्रव्यहरुको छनोट गरेर गराइएको अभ्यङ्गले स्वस्थ्य जीवन चाहने जोकोहीलाई पनि पोषण गर्दछ।
– निद्रासम्बन्धी समस्यहरु जस्तैः निद्रा नआउने, बीचबीचमा निद्रा टुटिरहने, गहन तथा आरामदायी निद्राको अवस्थासम्म पुग्न नसक्ने, सपना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यामा लाभदायक छ।
– त्वचाको रक्तसञ्चारलाई बढाएर भोजनबाट प्राप्त पोषक तत्व र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसञ्चार हुने, त्वचाको बाह्य स्थानसम्म पु¥याई पोषण गर्दछ। फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर बनाउँछ।
– मलमूत्र, स्वेध जस्ता विजातीय द्रव्यहरुको निष्कासनमा सहयोग गर्छ।
– जोर्नीहरुको कार्यक्षमता बढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ।
– इन्द्रीयहरु निर्विकार हुन्छन्। मांसपेसी र त्वचाको प्राकृतिक लचकता, रंङ चुस्त रहन्छ।
– तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जीवन्त राख्छ। साइकोसोम्याटिक रोगका लागि लाभदायक छ। थकावट, कमजोरी र आलस्य दूर गर्नमा अभ्यङ्ग मालिस साहयक छ।
– कम उमेरमै देखापरेका बुढेसकालका लक्षणहरु जस्तैः कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंङ उग्लिने, हाड जोर्नीहरु खिइने, नशाहरु साँघुरिएर रक्तचाप बढ्ने जस्ता समयस्यमा लाभकारी छ।
– धातु क्षयलाई रोक्छ। ओजको सञ्चरण सूचारु गरी अनुहारमा चमक ल्याउँछ।