आज विश्व वातावरण दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ। दिवसका अवसरमा वातावरण प्रदूषणले मानव शरीरमा केकस्तो असर गर्छ? कुन अंगमा सबैभन्दा बढी प्रभाव पार्छ? भन्ने विषयमा केन्द्रित रहेर वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा हरिहर खनालसँग स्वास्थ्यखबरकी बिन्दु शर्माले कुराकानी गरेकी छिन् :
वातावरण प्रदूषित हुँदा मानव स्वास्थ्यमा कस्तो असर पर्छ?
हाम्रो वातावरण दूषित बन्दै गएको छ यतिखेर। वातावरणमा सलफर अक्साइड, रेडिकल लगायतका विभिन्न दूषित केमिकल मिसिएको छ। यस्तो वातावरणले फोक्सोको काम गर्ने क्षमतामा ह्रास ल्याउनुका साथै दमका रोगी बढ्ने जोखिम बढेर जान्छ। वातावरण प्रदूषित हुँदाको अर्को समस्या हो क्यान्सर। पछिल्लो समयमा तरकारीमा अत्यधिक विषादी प्रयोगका कारण रगतका नली र मुटुमा असर पुर्याएको छ।
त्यस्तै वातावरण प्रदुषणकै कारण श्वासप्रश्वास असर पार्नुका साथै आँखा र छालामा पनि असर हुने गर्छ। यसरी हेर्दा दूषित वातावरणले हाम्रो शरीरको सम्पूर्ण प्रणालीमा नकारात्मक असर परिरहेको छ। काठमाडौंकै कुरा गर्नुपर्दा प्रदूषित धुलो, धुवाकै कारण दर्जनौं बिरामी भएर अस्पताल आउने गरेका छन्। विषादीयुक्त तरकारी, फलफूल सेवन र प्रदूषित हावापानीका कारण मानव जीवन कष्टकर बनिरहेको छ।
प्रदूषणकै कारण श्वास नली साँघुुरो हँुदै जाने, फोक्सोको जालीमा प्रभाव परेर स्वाँस्वाँ बढ्ने हुन्छ। जसले गर्दा मुटुको दाहिने भाग सुन्निने, मुटुको अन्य समस्या बढ्ने जस्तैः हृदयघात, मुटुले राम्रोसँग रगतसञ्चार गर्न नसक्ने पनि प्रदूषित वातावरणको कारक तत्व हुन्। तसर्थ दूषित वातावरणबाट बच्न सकियो भने पनि ५० प्रतिशत रोग घटेर जान्छन्। पछिल्लो समयमा मु्टुको, श्वासप्रश्वास र छालाका बिरामी अत्यधिक बढेका छन्। प्रदूषित वातावरणकै कारण मुटु, छाला, आँखा, क्यान्सर जस्ता रोगको समस्या लिएर अस्पताल आउने बिरामीको संख्यामा पछिल्लोे समय बृद्धि आएको छ।
प्रदूषणका कारण वीर अस्पतालमा आउने बिरामीको संख्या पहिलेको तुलनामा निकै बढेको छ। नर्सिङ होम या प्रइभोट क्लिनिक तथा अस्पतालहरुमा उस्तै भीड छ। यस अर्थमा पनि दूषित वातावरणकै कारण पनि दिन प्रतिदिन बिरामीको संख्या बढ्दो छ। हाम्रो खानपिन र जीवनशैली पनि प्रत्यक्ष रुपमा वातावरणसँग जोडिएको हुँदा विषेश सावधानी अपनाउनुपर्ने देखिन्छ ।
प्रतिकूल वातावरणका कारण बालबालिका र बृद्धबृद्धामा कस्तो असर देखिन्छ?
प्रदूषित वातावरणले सबैलाई असर पार्छ। त्यसमध्येमा पनि बालबालिका र बृद्धबृद्धामा अझ बढी नै समस्या देखिन्छ। कारण, उनीहरुमा संक्रमणको जोखिम बढी रहन्छ। त्यसैले उनीहरुको नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ। विषेशगरी स्कुले बच्चाहरुमा ध्यान पु¥याउन जरुरी देखिन्छ।
प्रदूषित वातावरणबाट जोगिन के गर्ने?
धुलो धुँवामा हिँड्दा मास्क प्रयोग गर्ने, तरकारी राम्रोसँग धोएर मात्रै खाने, सकेसम्म विषादीयुक्त तरकारी नखाने। खानैपरे रातभरि पानीमा भिजाएर खाने, बाहिर निस्किनु परेमा धूलो कम हुने समय बिहानपख निस्किने, खानपिन र जीवनशैलीमा विषेश ध्यान दिनुपर्छ।
डा खनालसँगको विस्तृत कुराकानी भिडियोमा :