छारे रोग यस्तो अवस्था हो, जसमा मानिसलाई बराबर झट्का आइरहन्छ। झट्का मस्तिष्कको असामान्य प्रक्रियाले गर्दा हुन्छ। झट्काले बेहोस बनाउन, अनौठो किसिमले चल्न वा व्यवहार गराउन सक्छ। छारे रोग कुनै पनि उमेरमा सुरु हुनसक्छ।
छारे रोग र गर्भावस्था
छारे रोग भएका महिला पनि साधारण गर्भवती हुनसक्छन्। तर छारे रोग भएका तर बच्चा जन्माउन चाहने महिलाले चिकित्सकसित मलेर काम गर्नुपर्ने हुन्छ। चिकित्सकले छारे रोग नियन्त्रणका साथसाथै बच्चाको सुरक्षा पनि निश्चित गरिदिन सक्छन्।
छारे रोग भएका महिलाको गर्भावस्थामा एकभन्दा बढी चिकित्सकले काम गर्नुपर्छ। एकले गर्भावस्थाको ध्यान राख्नुहुन्छ भने छारे रोगसम्बन्धी चिकित्सकले छारे रोग ध्यान राख्नुहुन्छ।
गर्भाधारण गर्ने कोसिसभन्दा अधि के गर्नुपर्छ?
गर्भवती हुनुअघि नैे चिकित्सकसित छलफल गर्नुपर्छ। यसो गर्दा चिकित्सकले बिरामीलाई झट्का निरोधक औषधि राम्ररी जाँचेर जरुरत परे ढीवन फेर्न सक्नुहुन्छ। किनभने केही झट्का निरोधक औषधि र मात्राहरूले बिरामीको पैदा नभएको बच्चालाई खराब गर्नसक्छ।
चिकित्सकले अवस्था हेरेर झट्का निरोधक औषधि बदल्न सक्नुहुन्छ। चिकित्सकले झट्का निरोधक औषधि सुरक्षित तरिकाले फेरबदल गरिदिनुहुनेछ।
तपाईंलाई पछिल्लो दुई वर्षमा झट्का नलागेको भए चिकित्सकसँग सल्लाह गरेर अगाडि बढ्नुपर्ने हुन्छ। चिकित्सकको सल्लाहबिना आफूखुसी कहिल्यै झट्का निरोधक औषधि रोक्नु हुँदैन।
झट्का निरोधक औषधिको मात्रा कम गर्न भने सकिन्छ। तपाईंले लिइरहनुभएका यदि एकभन्दा बढी झट्का निरोधक औषधि छन् भने तीमध्ये कुनैलाई घटाउन सक्नुहुन्छ।
तपाईंका औषधि मिलाउने चिकित्सकले ‘फोलेट’ वा ‘फोलिक डि’ नामक एउटा भिटामिन खाने सुझाव दिनुहुन्छ। गर्भवती हुन चाहने सबै महिलाले ‘फोलेट’ लिनुपर्छ। किनभने यसले शिशुको जन्मजात हुने खराबीलाई छेक्न सक्छ। केही झट्का निरोधक औषधि लिने महिलाले त अरू थप ‘फोलेट’ लिनुपर्ने हुन्छ।
छारे रोगले मेरो बच्चालाई कसरी असर पार्छ?
गर्भवती हुँदा झट्का आयो भने तपाईंको बच्चालाई नोक्सान हुनसक्छ। यदि लड्नुभयो भने आफू र आफ्नो बच्चालाई चोट पुग्छ। झट्का लागिरहेको अवस्थामा बच्चाले पुग्दो अक्सिजन पाउँदैन।
गर्भावस्थाले छारे रोगलाई असर खासै असर पार्दैन। गर्भवती हुनाको कारणले तपाईंलाई धेरै झट्क सायद हुँदैन। तर आफ्नो चिकित्सकको निर्देशन नमानी झट्काको औषधि लिन छोड्नुभयो भने चाहिँ पक्कै झट्काहरू अझ कडा आउनसक्छ।
झट्का आउने सम्भावना कसरी कम गर्ने?
– चिकित्सकको सल्लाहबमोजिम नै झट्का निरोधक औषधि खानुपर्छ। गर्भावस्थामा झट्का आयो भने बच्चालाई खराब गर्नसक्छ।
– कुनै चिकित्सकले दिनुभएको वा त्यसै खाएको वा जडिबुटीबारे पनि आफ्नो डाक्टरलाई भन्नुपर्छ।
– राम्ररी सुत्नुपर्छ। राम्रो निद्रा नलागेमा झट्का आउने सम्भावना बढ्छ।
– स्वस्थ भोजन गर्ने।
गर्भवती हुँदा परीक्षण गरिन्छ?
बच्चाको स्वास्थ्य ठिक छ कि छैन भनेर जाँच गरिन्छ। यसमा रक्त परीक्षण लगायत अल्ट्रासाउन्ड गरिन्छ। अल्ट्रासाउन्डले बच्चाको चित्र बन्छ। तपाईंले आफ्नो शरीरमा झट्का निरोधक औषधिको मात्रा पनि जाँच गर्न सक्नुहुन्छ।
योनिद्वारबाट बच्चाको डेलिभरी गर्न सकिन्छ?
सकिन्छ। धेरैजसो महिलाले योनीबाटै डेलिभरी गर्छन्। डेलिभरीको बेला झट्का हुने भनेको असामान्य अवस्था हो। त्यस्तो भए पनि गर्भवतीलाई नजिकैबाट निगरानीमा राखिन्छ र आवश्यक परे औषधि फेरबदल गरिन्छ।
के बच्चा स्वस्थ हुन्छ?
यदि गर्भावस्थामा छारे रोग नियन्त्रणमा आएको छ भने तपाईंको बच्चा स्वस्थ हुने सम्भावना धेरै छ।
यस्तो बच्चालाई स्तनपान गराउन पनि सकिन्छ। धेरैजसो महिलाले स्तनपान गराउन सक्छन्। तपाईंले स्तनपान गराउन चाहुनुहुन्छ भने चिकित्सकसित सल्लाह गर्नुपर्छ। उहाँले तपाईंको झट्का निरोधक औषधि स्तनपान गराउन पनि सुरक्षित हुनेछ भनी निश्चित पार्नुहुनेछ।
सुरक्षाको निम्ति अरू के गर्ने ?
यदि तपाईंलाई धेरैचोटी झट्का आइरह्यो भने बच्चा पाएपछि सुरक्षित राख्न बच्चालाई भुईंमा राखेर ‘डायपर’ फेर्नुपर्छ। त्यसो गर्नाले तपाईंलाई झट्का आयो भने ‘डायपर’ फेर्ने टेबुलबाट बच्चा झर्ने सम्भावना रहँदैन। बच्चालाई नुहाउँदा अरू कोही व्यक्ति पनि सँगै राख्नुहोस्। त्यसो गर्दा झट्का आयो भने तपाईंको बच्चा ‘बाथटब’ या ‘बाटा÷बाल्टिन’मा एक्लै रहँदैन।