कुनै पनि ब्याक्टेरियल, भाइरल, फंगल, प्यारासाइट्सको संक्रमणका कारण शरीरले देखाउने असामान्य प्रतिक्रिया भनेको सेप्सिस हो। यो एउटा यस्तो संक्रमण हो जुन रगत मार्फत् शरिरको बिभिन्न अंगहरुमा फैलिन्छ। रगतमा भएका सेतो रक्तकोषिकाहरु घट्दै जाने हुन्छ।
रगतमा हुने सेतो रक्तकोषिकामा रहेको न्युट्रोफिलसमा रोगसँग लड्ने क्षमता बढी हुन्छ र संक्रमणको संभावना कम रहन्छ। तर, शरीरमा न्युट्रोफिलसको मात्रा घट्यो वा कमी भयो भने शरीरमा बिभिन्न संक्रमण हुन्छ। जसले गर्दा सेप्सिस हुन्छ। सानोभन्दा सानो संक्रमण पनि चाँडै फैलिने र सेप्सिस हुने जोखिम रहन्छ। यस अर्थमा कुनैपनि संक्रमण पछि शरिरमा हुने असामान्य प्रतिक्रिया भनेकै सेप्सिस हो।
विकसित देशहरुमा धेरैजसो सेप्सिस हुने कारण भनेको ब्याक्टेरियल संक्रमण हुन्छ भने नेपालजस्तो विकासोन्मुख र अल्पविकसित देशमा ब्याक्टेरियल बाहेक भाइरल, फंगल, प्यारासाइट्स जस्ता संक्रमणबाट देखिने हुन्छ। सेप्सिस जुन उमेर समूहको मानिसलाई पनि हुन सक्छ। तर, विषेशगरी रोगप्रतिरोध क्षमता कमजोर हुनेहरुमा यसको जोखिम उच्च रहन्छ। नवजात शिशु , बालबालिका र बृद्धहरुमा बढि जोखिमको संभावाना बढी रहन्छ। त्यस्तै अंग प्रत्यारोपण गरेकाहरुमा पनि सेप्सिस हुने जोखिम बढी रहन्छ। बाथ रोगी र जसले जसले अंग प्रत्यारोपण पछि रोगसँग लड्ने क्षमता घटाउने खालको औषधि (स्टेरोइड लिने) बिरामीहरुमा पनि सेप्सिस हुने जोखिम बढी हुन्छ। मधुमेह, दीर्घकालिन मिर्गौला रोगी, दम हुने बिरामी पनि यो समस्या हुने जोखिम उच्च रहन्छ।
जनस्तरमा प्रशस्त सचेतना फैलिनसकेको ‘सेप्सिस’का विषयमा क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनका डा हेमराज पनेरुसँग गरिएको भिडियो कुराकानीः