नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने अनुसन्धान अब अन्तराष्ट्रिय मापदण्ड (ग्लोबल स्ट्यान्डर्ड) अनुसारको हुने भएको छ। फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन आचारसंहिताको एन्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)ले परिषद्लाई प्रमाणपत्र दिने पक्का भइसकेको छ। फरक्यापले प्रमाणपत्र लिन परिषद्लाई बोलाइसकेको छ।
केही समयअघि फरक्यापका प्रतिनिधिहरूले परिषद्को गाइडलाइनको अध्ययन गरेको थियो। सो क्रममा नेपाल आएका टोलीमध्ये स्वास्थ्यखबरले फरक्यापकी कोअर्डिनेटर डा क्रिस्टिना टोरेससँग कुराकानी गरेको थियो।
सो क्रममा उनले संस्थाका बारेमा र नेपालको अनुसन्धानका विषयमा खुलेर कुराकानी गरेकी थिइन्। उनले फरक्याप रिसर्च इथिक्सलाई अगाडी बढाउने तथा प्रचार गर्ने नेतृत्वकर्ता संस्था रहेको जानकारी दिएकी थिइन्।
उनले व्यक्त गरेको धारणा यस्तो छ :
हामी जनता तथा रिसर्च स्टेकहोल्डर्सलाई आममानिसका विषय उठान गर्नुपर्ने कुराको दायित्वको कुरा गराउँछौ। साथै स्वस्थ्य विषयका अनुसन्धानमा सत्यतथ्य तथ्यांको लागि पनि हामी योगदान पुर्याउन आग्रह गर्छौँ। मेरो यहाँ नेपाल आउनुको कारण भनेको नेशनल हेल्थ रिसर्च काउन्सिलको रिसर्च इथिक्स कमिटिको तालिम गराउनु हो। हामीलाई रिसर्च काउन्सिलको रिसर्च इथिक्सको प्रक्रिया हेर्न स्वंयसेवक रुपमा लेखापरीक्षणका निम्ति पनि खटाइएको छ। उनीहरुले प्रयोग गर्ने प्रक्रिया अन्तराष्ट्रिय तवरमा स्ट्यान्डर्ड मेन्टन छ छैन तथा नेपालको गाइडलाइन अनुसार भएको छ या छैन भनेर हेर्छौँ।
नेपालको हेल्थ रिसर्चको कुरा गर्नुपर्दा म एकदमै प्रभावित भएको छु। विभिन्न प्रकारका रिसर्चहरु गरेको छ कमिटिले। अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्यमा राम्रा रिसर्चहरु गरिएको छ, जसलाई अन्तराष्ट्रिय स्तरका राम्रा एजेन्सीहरुले सहयोग गरेका छन्। नेपाल हेल्थ रिसर्च काउन्सिल मलाई लाग्छ इथिकल रिसर्चको मेन्टन गर्छ। रिसर्च विषय मात्र होइन इथिक्स पनि हेर्नुपर्छ। गुणस्तरीय प्रक्रिया पनि हुन जरुरी छ।
हामीले हाम्रो संस्थासँग नेपाललाई त्यतिबेला आबद्ध गरेका थियौँ जतिबेला नेपालले राष्ट्रिय नीति बनाइरहेको थियो। त्यो नीतिलाई उनीहरुले अहिले रिसर्च इथिक्सको कमिटिको प्रक्रियामा कार्यान्वयन गर्ने तयारीमा छन्। जुन अहिले हाम्रा लागि राम्रो बेला हो, उनीहरुको स्ट्यान्डर्ड प्रक्रिया हेर्ने र इथिक्स रिभ्यु गर्ने। साथै उनीहरुले अपनाउने वैज्ञानिक तरिका आदि हेर्ने। इथिक्स कमिटिले के राम्रो काम गरिरहेको छ र अझै गुणस्तरीय बनाउन के गर्नुपर्छ भन्ने सुझाव साथ आएका छौँ।
फोरक्यापसँग आबद्ध हुँदा पक्कै पनि नेपालले विश्वस्तरको मेडिकल रिसर्चको लागि अन्तारष्ट्रिय स्ट्यान्डर्ड आउने हो। हामीले अन्तराष्ट्रिय मान्यता पाउनको लागि सहयोग गर्छोँ हामी अन्तराष्ट्रिय गाइडलाइन्समा जहिल्यै पनि अपडेट रहन्छौँ र अन्तराष्ट्रिय गाइडलाइन जहिल्यै अपडेट रहिरहन्छ।
हेरौं भिडियो