काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुष्ठरोगलाई शुन्य बनाउन मध्यम तथा दीर्घकालिन मार्गदर्शक दस्तावेज (रोडम्याप) बनाउन लागेको छ।
मन्त्रालयले कुष्ठरोगको राष्ट्रिय रणनीति २०१६— २०२० अनुसार राष्ट्रियस्तरमा कुष्ठरोग शुन्यमा झार्ने लक्ष्य पुरा नभएपछि मार्गदर्शक दस्तावेज बनाउन लागेको हो।
नेपालले २०२० जनवरीसम्ममा राष्ट्रियस्तरमा कुष्ठरोग निवारण गर्ने घोषणा गरेको थियो। सोही उद्देश्य पुरा गर्न कुष्ठारोगको राष्ट्रिय रणनीति २०१६— २०२० बनाइएको थियो।
त्यसपहिले सो रणनीतिको कार्यान्वयनस्थित मध्यावधिक मुुल्यांकल लागि बिस्तृत समीक्षा गरेको थियो। सोही समीक्षाबाट कृष्ठरोगलाई शुन्य बनाउने लक्ष्य पुरा गर्न रोडम्याम बनाउने योजना बनेको थियो।
नेपालमा २०१८मा कुष्ठरोगको पहिलो सर्वेक्षण भएको थियो। सो सर्वेक्षणबाट त्यस बेलाको जनसंख्याको आधारमा नेपालमा १ लाख कुष्ठरोग बिरामी भएको अनुमान गरिएको थियो।
वि.सं. २०६६ माघ मा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण (प्रति १० हजार जनसंख्यामा १ भन्दा कम विरामी भएको अवस्था) भएको घोषणा गरिएकाे थियाे।
तरपनि, रणनीतिले परिकल्पना गरेको जस्तो कुष्ठरोग बिरामी घट्नुको साटो नयाँ बिरामी देखिने दर बढेपछि मन्त्रालयले रोडम्याम मार्फत काम गर्ने सोच बनाएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ७० जिल्लामा कुष्ठरोगका नयाँ बिरामी भेटिरहेका छन्।
सन् २०१० मा प्रकोप दर ०.७७ थियो। तर त्यो दर बढेर अहिले ०.९९ पुगेको छ। यो प्रकोप दर कुनै समयमा राष्ट्रिय स्तरमा निवारणको सुचक भन्दा बढी हुन सक्ने डर मन्त्रालयको डर छ।
मन्त्रालयले बनाउन लागेको रोडम्यापमा रोग निवारणका लागि स्थानीय, प्रदेश र केन्द्रीय तहमा राजनीतिक प्रतिवद्धता, सेवा प्रदायक, गैरसरकारी संस्था पनि उद्देश्य प्रतिवद्धताका लागि लागि परेको बताएको छ।
संघ, प्रदेश र पालिकाीस्तरमा मानव संसाधन, विज्ञ, तथा आर्थिक स्रोत सिमितताको चुनौति, अनुगमन, सुपरिवेक्षण, स्वास्थ्यकर्मीलाई तालिम, औषधिको आपूर्तिको लागि जोड दिनुपर्ने बताइएको छ।
रोडम्यापमा औल्याएका पक्षहरुमा
कुष्ठरोग प्रतिको गलत धारणालाई हटाउन जनचेतनामा अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको।
कृष्ठरोगमा देखापर्ने प्रतिक्रिया, जटिलताहरुको व्यवस्थापन र गुणस्तरीय सेवालाई अभि सृदृढिकरण गर्नुपर्ने।
सरकारी स्वास्थ्य संस्थाहरुमा प्रतिक्रिया व्यवस्थापन तथा अपांगता हेरचाह सेवा उपलब्ध हुन नसक्दा कुष्ठरोग गैरसरकारी अस्पतालहरुमा बिरामीको सो सेवाको लागि निर्भर रहेको।
राष्ट्रिय कुष्ठरोग रणनीति २०१६— २०२० अुनसार सन् २०१७ को अन्त्यमा ७७ जिम्लामध्ये २१ जिल्लामा प्रति १० हजार जनसख्यामा बिरामीको प्रकोपदर १ भन्दा बढी रहेकोले कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा रहेको।
नयाँ बिरामीमा असमर्थता श्रेणी २ को दर प्रति १० लाख जनसंख्यामा १ लाख भन्दा कम हुनुपर्नेमा ४ दशमलव ७ रहेको र बालबालिकामा कुष्ठरोगको असमर्थता श्रेणी ३ को दर शुल्य हुनुपर्नेमा केही बालबालिकामा असमर्थताको अवस्था रहेको र कुष्ठरोग प्रभावित प्रतिको भेदभाव सम्बन्धि कानुन शुन्य हुनुपर्नेमा अझै विवाह सम्बन्धी कानुनमा भेदभाव रहेकोले राष्ट्रिय कुष्ठरोग रणनीति २०१६—२०२० मा औल्याइएको लक्ष्य पुरा नहुने।
संघ, प्रदेश र पालिकास्तरमा उच्चस्तरीय छलफल सर्भिलेन्स प्रणाली सुधार, सक्रिय विधिबाट बिरामीको खोजपड्ताल, स्वास्थ्य शिक्षा, सुचना तथा संचारको माध्यमबाट जनचेतना अभिवृद्धि गरी कुष्ठरोग प्रतिको धारणा हटाउनुपर्ने।
सतप्रतिशत मुल बिरामीको सम्पर्कमा रहेका परिवार तथा छिमेकीको सम्पर्कमा परिक्षण गरी सबै सदस्यलाई कमोप्रोफाइल्याक्सिस खुवाइ कुष्ठरोगको संक्रमणबाट बचाउने।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, सहयोगी संस्थाको समेत सहभागितामा पर्याप्त आर्थिक श्रोत जुटाउने, औषधि तथा सहयोगी सामग्रीको आपूर्ति व्यवस्थापन गरी २०३० सम्म कुष्ठरोग शुन्य नेपाल बनाउने लक्ष्य राखिएको छ।