अभिषेक चौधरी
कोरोना भाइरसले विशेष गरी श्वास प्रश्वासको रोग लाग्छ।अहिले को यो कोभिड्-१९ नौलो कोरोना भाईरस भने होईन ।यस अ घि पनि अरु कोरोना भाईरसको माहामारी हामीले देखेकाछौँ ।कोरोना भाईरस सँ गै अरु इन्फ्लुअन्जा जस्ले बिगतमा माहामारिको रुप लिए।
सन्: २००२ सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रमा (सार्स) कोरोना भाइरस।
सन्:२००४ एच५एन१
सन्:२००५ एच५एन७
सन्:२००९ एच१एन१ इन्फ्लुएन्जा
सन्:२०१२ मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) कोरोना भाइरस
सन्:२०१८ निप्हा भाइरस
सन्:२०१९ कोभिड १९
कोभिड-१९ को संक्रमण गराउने भाइरस को नाम सार्स-कोभ-२ हो। अरु कोरोना भाइरस जसरी नै यो कोभिड-१९ को भाइरस पनि व्यक्तीबाट व्यक्तिमा सर्छ।
संक्रमण
कुनै पनि संक्रमण भएको व्यक्तिले बोल्दा वा हाच्छिँयु गर्दा निस्केको मसिना कण कुनै स्वस्थ्य व्यक्तिको नाक, मुख वा आखाँबाट शरीरमा प्रवेश गर्दा संक्रमण सुरु हुन्छ। यस्ता कण बोल्दा वा हाच्छिँयु गर्दा ६ फिटसम्म फैलिन्छ। लक्षण नदेखिँदा पनि भाइरस फैलन सक्छ। भाइरस भएको कुनै पनि सतह वा वस्तुलाई छोएर आखाँ, नाक वा मुखँ छुँदा, यो भाइरस सर्न सक्छ। धेरै जसो भाइरस बाहिरी सतहमा पनि कैयौँ घण्टा बाँच्न सक्छ।
संक्रमण भैसकेपछि भाइरसले शरीरमा भएको स्वस्थ कोषलाई आफ्नो बसमा पारेर कोषले गर्ने कार्यलाई रोक्छ र आफूले चाहे अनुसार गर्दछ। यही क्रममा भाइरसले पहिलो हप्तसम्ममा आफ्नो संख्या हजारौं गुणाले बढाउँदछ। यती बेलासम्ममा कुनै लक्षणहरु नदेखिन सक्छ वा सामान्य ज्वोरो, सुक्खा खोकी, घाँटी दुख्नेजस्ता लक्षण देखिन सक्छ। यी लक्षणहरु देखिँदा आराम गर्नुपर्छ र प्रशस्त तरल पदार्थ खानुपर्छ। यो सँगसँगै शरिरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताले पनि ठुलो महत्व राख्छ। यो अवस्था एक हप्तासम्मको हुन्छ र धेरै यही अवस्थामा निको भैसक्छन्। यो चारणसम्ममा प्रतिरक्षा प्रणाली बलियो भएन भने भाइरस श्वासनलीसम्म पुग्दछ। जुन अन्तत: फोक्सोको श्वासनली हुँदै एल्विओलाईसम्म पुग्छ।
माइल्ड इन्फेक्सन
एल्विओलाई एउटा हावा भरिएको सानो झिल्ली हो जुन रगतका साना नलीसँग जोडिएको हुन्छ। यही एल्विओलाईबाट अक्सिजन रगतसम्म पुग्दछ। शरीरको प्रतिरक्षा प्रणाली भाइरससँग लड्दै गर्दा यसले रगतसम्म पुग्ने अक्सिजनमा बाधा पुर्यानउछ। पहिलो चरणमा लड्ने सेतो रक्तकोषहरुले केमोकायिन भन्ने मोलिक्यूल उत्पन्न गर्दछ। जसले भाइरससँग लड्दै गर्दा पुराना कोष र तरल फोक्सोमा भरिँदै जान्छ। यस्लाई निमोनिया भनिन्छ र यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर आवश्यकता पर्दछ। खोकी लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने यस्का लक्षणहरु हून्। यो आवस्थालाई माइल्ड इन्फेक्सन भनिन्छ। कोरोनाबाट संक्रमण भएका ९७ प्रतिशत यो आवस्थामा पुग्छन्।
सिभियर इन्फेक्सन्
यो आवस्था अझै जटिल बन्दै गएमा यस्लाई एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) भनिन्छ। यो आवस्थामा श्वास फेर्न झनै गाह्रो हुन्छ र एल्विओलाईका कोषका कणहरु र रगतका नलीहरुमा क्षति पुग्दछ र पछी त्यही एल्विओलाई भित्र जम्मा हुँदै जान्छ। जसले गर्दा फोक्समा तरल, सेतो रक्त कोष र फोक्सोको क्षति भएका कोषहरु जम्मा हुन्छ। यो अवस्थामा शरिरको अरु अंगमा पनि असर देखिन थाल्छ। यस्को एउटा मुख्य कारण प्रतिरोधात्मक क्षमता चाहेभन्दा धेरै सक्रिय हुनु पनि हो। यस्ले गर्दा रगतको चाप अत्याधिक न्युन हुन्छ र सेप्टिक सक पनि निम्त्याउन सक्छ। फोक्सोमा व्यापक इन्फ्लामेसन (सुजन) भएको कारण हुने एआरडिएसले शरीरलाई चाहिने आवश्यक अक्सिजन प्राप्त हुँदैन। यस्ले गर्दा रगत सफा गर्ने मिर्गौलाले काम गर्न छाड्छ रआन्द्राको भित्री सतहलाई पनि हानी पुर्याेउँछ। यो अवस्थाको उपचार एकदमै आक्रामक हुन्छ र एक्स्ट्रा कोरपोरियल मेम्ब्रेन अक्सिजिनेसन चाहिन सक्छ। यो एउटा कृत्रिम फोक्सो हो। जसले शरीर बाहिर रगतमा अक्सिजन भर्दछ र पूर्ण शरीरमा पुर्याएउँछ। यो अवस्थामा क्षति अत्याधिक भइसकेको हुनाले अंगहरुले शरीर बचाउन सक्दैनन्।
-(वरिष्ठ प्रयोगशाला टेक्निसिएन चौधरी मोडेर्न डायग्नोस्टिक सेन्टरमा कार्यरत छन्)