विश्व स्वास्थ्य

भारतमा १ लाख ८१ हजार कोरोना संक्रमित, ५ हजार १ सयको मृत्यु

काठमाडौं- भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ८१ हजार ८ सय २७ पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत नवौं स्थानमा छ। सूचीको पहिलो स्थानमा अमेरिका छ। अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, भारत लगायतका देश छन्।

भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ५ हजार नाघेको छ। आइतबार बिहानसम्म त्यहाँ ५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमणमुक्त भइसकेका छन्।

विश्वभर कोरोना : ६० लाख ५४ हजार संक्रमित, ३ लाख ६८ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ५४ हजार १ सय ८७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १७ लाख ६९ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७४ हजार २ सय १९, स्पेनमा २ लाख ३९ हजार २ सय २८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ६८ हजार ७ सय ११ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ३ हजार ७ सय ५८ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३८ हजार ४ सय ५८, इटालीमा ३३ हजार ३ सय ४०, ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २५ लाख ६२ हजार १ सय ९१ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ४ लाख १६ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ८ सय ९२, रुसमा १ लाख ६७ हजार ४ सय ६९, जर्मनीमा १ लाख ६४ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने