विश्व स्वास्थ्य

यी ३३ राष्ट्र जसले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाए

काठमाडौं- युरोपेली राष्ट्रहरुले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाएका छन्। कोभिड १९ को संक्रमण कम भएको भन्दै धेरैजसो युरोपेली राष्ट्रहरुले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाएका हुन्। हालसम्म ३३ देशले आफ्नो यात्रा नीति अनुसार सीमा खुल्ला गरेका छन्। 

धेरैजसो युरोपेली राष्ट्रले १५ जुनदेखि पर्यटकका लागि यात्रा गर्न खुल्ला गर्न सुरु गरेका छन्। ती राष्ट्रहरुमा अबदेखि पर्यटकहरु घुम्न र यात्रा गर्न पाउनेछन्। ती देशहरुले आफ्नो समय तालिका यसलाई अनुसरण गरेका छन्। 

यी हुन् यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाउने देश:
अल्बानिया : 
अल्बानियाले जुन १ देखि आफ्ना सीमा खुल्ला गरेको छ। तर ठुलो जमघटमा लगाएको प्रतिबन्ध भने जुन २३ सम्म जारी रहनेछ। त्यहाँको सरकारले समुद्रीय तटमा रहेको होटेल सञ्चालनका लागि भने अनुमति दिइसकेको छ। 

अष्ट्रिया : अष्ट्रियाले जुन १६ मा सीमा पुनः खोल्दैछ। ईयु, युके, स्वीडेन, स्पेन र पोर्चुगलबाट आउने यात्रुहरुले क्वारेन्टाइनको मापदण्ड पुरा गर्नुपर्नेछ। अष्ट्रियाले इटाली बाहेक अन्य छिमेकी राष्ट्रका लागि सीमामा लगाएको प्रतिबन्ध गत हप्ता हटाइसकेको छ। 

बेल्जियम : बेल्जियम आफ्ना युरोपियन मित्र राष्ट्रहरुलाई जुन १५ देखि सीमा खुल्ला गरेको छ। जसमा युके, सेन्जेन जोन राष्ट्रहरु लिंकटेन्स्टाइन, आइसल्याण्ड, स्वीजरल्याण्ड र नर्वे पनि छन्। 

बुल्गेरिया : बुल्गेरियाले युरोपेली देशका यात्रुहरुलाई स्वतन्त्र रुपमा आफ्नो देश प्रवेश गर्न स्वीकृती दिएको छ। तर कोरोनाको महामारी भएको युके, स्पेन, इटाली, आयरल्याण्ड, माल्टा, पोर्चुगल, स्वीडेन र बेल्जियमबाट आउने यात्रुहरु भने १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ। 

क्रोएसिया : जर्मनी र नौ देश जो अधिकांश पूर्वी युरोपेली इयु राज्यका छन्। त्यहाँका नागरिकका लागि क्रोएसियाले सीमा खुल्ला गरेको छ। तर अन्य इयुका नागरिकले क्रोएसियामा यात्रा गर्नका लागि एक वैध प्रमाण पेश गर्नुपर्छ। 

साइप्रस : कोरोना महामारी व्यवस्थापन गरेका देशका नागरिकलाई साइप्रसले यात्राका लागि अनुमति दिएको छ। साइप्रसले दुई सूची बनाएको छ। पहिलो, १९ देशहरु जसलाई प्रतिबन्ध हुने छैन। दोस्रो, साइप्रस आउने यात्रुहरुले स्वास्थ्यको प्रमाणपत्र साथमा लिएर जानुपर्ने हुन्छ। युके र रसियामा लगाएको प्रतिबन्ध भने खुलाइएको छैन। 

दि चेक रिपब्लिक : जुन १५ देखि चेक रिपब्लिकले २० युरोपेली देशका लागि सीमा खुल्ला गरेको छ। तर युके, फ्रान्स, इटाली, स्पेन र नेदरल्याण्डसबाट आउने नागरिकले भने कोरोना परीक्षण वा क्वारेन्टाइनमा रहनुपर्ने व्यवस्था गरेको छ। 

डेनमार्क : डेनमार्कले जुन १५ देखि जर्मनी, नर्वे र आइसल्याण्डका नागरिकमा लगाएको प्रतिबन्ध हटाएको छ। तर उनीहरुले कम्तीमा ६ रातको बुकिंगको प्रमाण देखाउनुपर्छ। कोपनहेगनमा पर्यटकका लागि यात्रा गर्न अनुमति दिइएको छ। तर उनीहरुको आवास त्यस शहरभन्दा बाहिर हुनुपर्नेछ। 

इस्टोनिया : जुन १ देखि युरोपबाट आउने यात्रुका लागि इस्टोनियाले आफ्नो सीमा पुनः खुल्ला गरेको छ। तर संक्रमणको उच्च जोखिम भएका देशबाट आउने यात्रुहरु भने क्वारेन्टाइनमा रहनुपर्ने इस्टोनियाको नीति छ। 

स्लोभाकिया : स्लोभाकियाले १६ युरोपेली देशका लागि जुन १० देखि यात्रामा लगाएको प्रतिबन्ध हटाएको छ। केही साता अघि मात्र चेक रिपब्लिका, हंगेरी र अष्ट्रियाका यात्रुहरुका लागि पनि सीमा खुल्ला गरिएको थियो। तर नयाँ यात्रुहरु भने १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ। 

फिनल्याण्ड : जुन १५ देखि नर्वे, डेनमार्क, आइसल्याण्ड, इस्टोनिया, लात्भिया र लुथिनियाका लागि सीमा खुल्ला गरिएको छ। 

फ्रान्स : युरोपियन युनियन र सेन्जेन राष्ट्रका लागि जुन १५ देखि सीमा खुल्ला गरिएको छ। स्पेनमा लगाएको प्रतिबन्ध जुन २१ सम्म जारी रहनेछ। गैर इयु राष्ट्रका नागरिकले भने फ्रान्सले लगाएको प्रतिबन्ध नखालेसम्म यात्र गर्न पाउने छैनन्। 

जर्मनी : जर्मनीले जुन १५ मा सीमा जाँच रोकेको छ। २९ युरोपेली देशलाई यात्रा नगर्न दिएको चेतावनी पनि हटाएको छ। ईयु बाहिरका नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध कम्तीमा पनि जुलाई १ सम्म लागू हुनेछ। 

यी राष्ट्रसँगै ग्रीस, हंगेरी, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, लात्भिया, लुथानिया, लक्जमवर्ग, माल्टा, नेदरल्याण्डस, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, युकेले आफ्नो यात्रा नीति अनुसार सीमामा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ। 

(अलजजीराबाट साभार)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने