विश्व स्वास्थ्य

दक्षिण अमेरिकी मुलुकमा कोरोना फैलँदो, ब्राजिलमा मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो

एजेन्सी– कोरोना संक्रमणका हिसाबले विश्वमा दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु हुनेहरुको संख्या ४७ हजार नाघेको छ। 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म त्यहाँ ४७ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ। एक दिनमा त्यहाँ १ हजार २ सय ३८ जनाको मृत्यु भएको हो। 

संक्रमितको संख्या भने ९ लाख ७८ हजार १ सय ४२ पुगेको छ। 

कोरोना संक्रमण दक्षिण अमेरिकी मुलुकहरुमा फैलँदो छ। पेरुमा संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८ पुगेको छ भने चिलीमा २ लाख २५ हजार १ सय ३ जनामा संक्रमण देखिएको छ। 

उता युरोपको बढी प्रभावित इटली र स्पेनमा भने संक्रमण र मृत्युमा कमी आएको छ। बुधबार ६६ जनाको मृत्यु भएको छ भने ३२९ जना नयाँ संक्रमित थपिएका छन्।

अघिल्लो दिन भने ४३ मृत्यु र ३३३ संक्रमित थपिएका थिए। इटलीमा ३४ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या २ लाख ३८ हजार १ सय ५९ पुगेको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने