विश्व स्वास्थ्य

अमेरिकामा २५ लाख नाघे कोरोना संक्रमित, केही क्षेत्रमा लकडाउन सुरु

एजेन्सी– अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ। हालसम्म्म १ लाख २५ हजार  ४  सय  ८० जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकामा कुल २५ लाख ५ हजार ५ सय ९३ जना संक्रमित रहेका छन् । फ्लोरिडा ,एरिजोनासमेत कैंयौ राज्यमा कोरोना भाइरसको संक्रमण अझै पनि तीव्र  गतिमा फैलिइरहेको छ। केही राज्यले लकडाउन फेरि लागू गरेका छन् ।

फ्लोरिडामा लगभग १० हजार नयाँ संक्रमित फेला परेका छन् । एरिजोनामा साढे तीन हजार नयाँ संक्रमित थपिएका छन् । यसपछि कैयौ क्षेत्रमा प्रतिबन्ध सुरु भएको छ।

अमेरिकामा शनिबारमात्र ३२ हजार ८ सय ६५ नयाँ संक्रमित फेला परेका थिए भने ३ सय ९५ को मृत्यु भएको थियो। यसअघि शुक्रबारमात्र एकैदिन ४० हजार नयाँ संक्रमित फेला परेका थिए, जुन अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेको दिन थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने