समाचार

स्वास्थ्य मन्त्रालयलाई बायोमेडिकल संघको आठ बुँदे माग सहितको ज्ञापन पत्र 

काठमाडौं - नेपाल बायोमेडिकल संघले आठ बुँदे माग सहितको ज्ञापन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ। 

सरकारले सबै किसिमका स्वास्थ्य संस्थाहरुमा बायोमेडिकल जनशक्तिको बेड संख्या अनुरुप दरबन्दीको स्थापना गर्नुपर्ने माग सहित आठ बुँदे ज्ञापन पत्र मन्त्रालयलाई बुझाएको छ। 

संघले प्रत्येक स्वास्थ्य संस्थामा वर्कशप सहितको बायोमेडिकल विभागको स्थापना गर्न, स्वास्थ्य संस्थामा रहेका औजार उपकरणको नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। 

बायोमेडिकल विभागलाई आफ्नो निर्दिष्ट कार्यविवरण सम्पादनको लागि कार्यविधि सहितको आवश्यकीय बजेट छुट्याउने व्यवस्था मिलाउनुपर्ने, उपकरणको खरिद योजनादेखि लिलामीसम्मको समग्र प्रक्रियामा बायोमेडिकल जनशक्तिको संलग्नता गराउनुपर्ने लगायत माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई भेटेर ज्ञापन पत्र बुझाइएको संघका सञ्चार तथा प्रकाशन विभाग संयोजक दिपक महतले जानकारी दिए। भेटमा प्रवक्ता डा गौतमले बायोमेडिकल क्षेत्रलाई समेट्न तथा विस्तार गर्न पहल गर्ने बताएका छन्।  

यस्ता छन् संघका माग
- राज्यले सरकारी, गैर सरकारी, निजी, सामुदायिक स्वास्थ्य संस्थाहरुमा बायोमेडिकल जनशक्तिको बेड संख्या अनुरुप दरबन्दीको स्थापना र वृद्धि गर्नुपर्ने,
- प्रत्येक स्वास्थ्य संस्थामा वर्कशप सहितको बायोमेडिकल विभागको स्थापना गर्नुपर्ने,
- बायोमेडिकल विभागले सम्पादन गरेको काम, उपकरणको लाइफ साइकल र  स्वास्थ्य संस्थामा रहेका प्रविधिजन्य अन्य कामहरुको बायोमेडिकल विभागद्धारा अनलाइन रेकडिड्ड र रिपोटिड्ड गर्ने व्यवस्था मिलाउने,
- उपकरणको खरिद योजनादेखि लिलामीसम्मको समग्र प्रक्रियामा बायोमेडिकल जनशक्तिको संग्लनता गराउनुपर्ने, 
- बिरामीको प्रत्यक्ष उपचारमा जोडिएका उपकरणको संचालन मर्मत तथा संम्भार जोखिमपूर्ण रहेको हुदाँ जोखिम भत्ता तथा बिमाको सुनिश्चितता गर्ने,
- बायोमेडिकल जनशक्तिको वृत्तिविकासको लागि उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति र क्षमता अभिवृद्धिको लागि तालीमको व्यवस्था गर्नुपर्ने । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने