काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। करीब डेढ महिनापछि कोरोना संक्रमितको संख्या एक सयभन्दा तल झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
गत २४ घण्टामा ७० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १ सय १८ जना संक्रमित भेटिएका थिए।
करीब डेढ महिना अघि जेठ १३ गते संक्रमितको संख्या ९० थियो। त्यसको भोलिपल्टै जेठ १४ गते १ सय १४ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपालमा हाल क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या पनि घट्दो क्रममा छ। हाल २४ हजार ९७ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।